सागरनाथ बनमा प्रदेश सरकारद्वारा वृक्षरोपण

निरन्तर न्यूज
७ भाद्र २०७६, शनिबार ११:०४

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्ने संघीय सरकारको षडयन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने बताउनु भएको छ।

उद्योग वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियामा आयोजित वृक्षा रोपन कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय वन मन्त्रालयले सागर नाथ वन विकास परियोजनालाई निगममा परिणत गरेर बन फडानी गर्ने षडयन्त्र प्रदेश सरकारले सफल हुन नदिने बताउनु भयो ।

उहाँले बन र चुरेको संरक्षण गर्न नसकिए प्रदेश नै मरुभूमिमा परिणत हुने खतरा रहेकोले आफुहरु बन र चुरे जोगाउन जस्तो सुकै कदम चाल्न तयार रहेको बताउनु भयो ।

वन प्रशासन र प्रहरीको मिलेमतोमा संगठित रुपमै बन फडानी गर्ने कार्य भइ रहेको उल्लेख गर्नु हुदै मुख्यमन्त्री राउतले त्यो कार्य प्रदेश सरकारलाई सह्य नरहेको उल्लेख गर्नु भयो । उहाँले आजकै मिति देखी बन जोगाउने कार्यमा सक्रिय हुन बन प्रशासन लाई निर्देशन समेत दिनु भयो ।

प्रदेश सरकारले सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियाँमा आज २० हेक्टरमा ३० हजार वृक्षा रोपण गरेको छ ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग वन तथा पर्यटन मन्त्री राम नरेश राय, राज्यमन्त्रीहरु डा. डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डल , मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव दिपक सुवेदी सहितको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*