आइजिपी खनाल र रवि लामिछानेकाे हिरासतमा भेटघाट

निरन्तर न्यूज
६ भाद्र २०७६, शुक्रबार २१:१४

चितवन । नेपाल प्रहरीका आइजिपी सर्वेन्द्र खनालले प्रहरी हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेलाई भेटेका छन् । भेटको क्रममा खनालले अनुसन्धान प्रक्रियामा सघाउन लामिछानेलाई आग्रह गरेका छन् ।

न्युज २४ का लामिछाने अहिे जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन् । उनी माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा छानविनका लागि प्रहरीले पक्राउ गरेपछि प्रहरी हिरासतमा पुगेका हुन् ।

रवि लामिछानेका समर्थकहरुले उनको बिनाशर्त रिहाइको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । हिरासतमा भेटेका व्यक्तिमार्फत् लामिछानेले आफू असुरक्षित रहेको भन्दै रिहाईको लागि पहल गर्न अपिल गर्दै आएका छन् ।

हिरासतमा लामिछानेसहित सञ्चारकर्मी युवराज कँडेल र अस्मिता कार्की रहेका छन् । उनीहरु तिनैजना गत हप्तादेखि प्रहरी हिरासतमा छन् । लमिछानेलाई अनुसन्धानको क्रममा दोस्रो पटक म्याद थपिएपछि आइतबार जिल्ला अदालत चितवनमा उपस्थित गराउने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*