मानव सेवा आश्रमका असहायसँगै जन्मदिन

हेटौँडा । हेटौँडाका एक समाजसेवीले मानवसेवामा आश्रीत असहायहरुलाई एक छाकको भोजन गराउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका वार्ड नम्बर ६ पुतलीबजारका कृष्ण प्रसाद ओझाले आफ्नो जन्मदिनको अवसर पारेर मानव सेवा आश्रममा आश्रितहरुको साथ बसेर जन्मदिन मनाउनु भएको छ ।
मयुरधापमा रहेको मानव सेवा आश्रममा रहेका सम्पूर्ण दुःखी असहायहरुको सेवा गर्ने मनोकांक्षा तथा फजुल खर्चलाई मानव सेवामा लगाउने उद्देश्यले जन्मदिन मनाइएको ओझाले बताउनुभयो ।
प्रसिद्ध तेल उद्योगका संचालक समेत रहेका ओझाले आश्रममा रहेका ७० जना असहायलाई खाना खुवाउनु भएको थियो । साथै ओझा हामी मानव भएर सबैले यस्ता दिन दुखिलाई सहयोग गर्न सके सच्चा समाज सेवा यही हुने बताउनु भयो ।
ओझाले सम्पूर्ण मानव सेवा आश्रम र आफ्नो संयुक्त परिवार सहित केक काटेर जन्म दिन मनाउनु भएको अभियन्ता इशा मानवसेवाले जानकारी दिनुभयो । यसरी आश्रमलाई सहयोग गरेकोमा आश्रमको तर्फबाट ओझा सहित परिवारलाई सम्मान समेत गरेको थियो ।
ओझाको साथमा श्रीमती लक्ष्मी, छोरा प्रदिप, छोरीहरु सबिना, शारदा तथा भतिज प्रशिद्ध, नातिनीहरु शिष्टता, सहिष्णुश्री लगायतको सहभागिता रहेको थियो ।