अमेरिकाकाे न्यूयाेर्कमा पहिलाे गाईजात्रा हास्यब्यंग्य महाेत्सव सम्पन्न

सुपेन्द्र बस्नेत
३ भाद्र २०७६, मंगलवार २१:४८

अमेरिका । हिन्दु धर्ममा आधारित नेपालीहरुकाे पर्व “गाई जात्रा ” काे अवसरमा अमेरिकाकाे न्युयाेर्क शहरमा पहिलाे गाईजात्रा हास्यब्यंग्य महाेत्सव अमेरिका-२०१९ सम्पन्न भएकाे छ ।

गत १७ तारिक शनिबार टुटुल्काे डटकमले कार्यक्रमकाे आयाेजना गरेकाे हाे। नेपालमा नेवार समुदायले प्रत्येक बर्ष दिवंगत भएका आफन्तहरुको मृतआत्माकाे चीर शान्तीकाे कामना गर्दै “गाईजात्रा” मनाउने प्रचलन रहेकाे छ। यही अवसरमा बिभिन्न हास्यब्यङ्गात्मक कार्यक्रमहरु पनि गर्ने गरिन्छ।

त्यही धार्मिक,पाैराणी र साँस्कृतिक क्रियाकलापकाे सिकाे गर्दै टुटुल्को डटकमले पहिलाे पटक अमेरिकामा मनाेरञ्जनात्मक हास्यब्यङ्गात्मक कार्यक्रम आयोजना गरेको हो ।

प्रति टिकट २० डलर शुल्क रहेकाे कार्यक्रममा कलाकारहरु राम श्रेष्ठ, अभय ढुंगेल, न्हुच्छे नारायण डंगोल, पुजा न्यौपाने, संगिता मुखिया छोचु, बिमल डाँगी, केशव दाहाल लगायतका कलाकारहरुले आफ्नाे प्रस्तुति दिएका थिए । संगिता उप्रेतीको प्यारोडी र्यापमा बालकलाकारहरु श्रीनिती रिजाल, सलज रिजाल, अष्टिन आचार्यले निकै आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

अन्य मनाेरञ्जनात्मक कार्यक्रमहरु भन्दा छुट्टै स्वाद रहेकाे कार्यक्रममा तराईवासीको भूमिकामा दिपेन श्रेष्ठले आफ्नाे बेजाेड कला प्रस्तुत गर्नु भएकाे थियाे । कलाकार अर्जुन दाहाल र सच्ची मैनालीले पत्रकार र पत्रुकारकाे भूमिका निभाउदै प्रस्तुत गर्नु भएकाे प्रहसनले सन्देश सहित भरपुर मनाेरञ्जन दिलाएकाे थियाे । बिमल डॉगीकाे व्यंग्यात्मक प्यारोडी, न्यूयोर्कस्थित बसन्त डान्स सेन्टरका नृत्य प्रशिक्षक बिजय नकर्मीको कोरियोग्राफीमा “बाउले विहे गर्देनन् पोर पनि…” बाेलकाे नेपाली गीतमा राम पन्त, योगेश आदी र कृश थापाले गर्नु भएकाे रमाईलो कमेडी नृत्यले कार्यक्रममा दर्शकलाई ताली पडकाउन बाध्य पारेकाे थियाे । नकर्मीकै प्रशिक्षणमा भक्तपुरको परंपरागत सामुहिक घिन्ताङ् घिस्सी लट्ठी नृत्य पनि पस्किएकाे थियाे ।

गजलकार आनन्द श्रेष्ठको नौलो प्रस्तुति, कानूनबिद बिनोद रोकाको हास्यरसका कबिता बाचन साच्चै प्रसंशनीय थिए । कार्यक्रममा कलाकार द्वय नदिया लिवाङ र संगीता उप्रेतिले एनआरएनमा लागेका नेताहरुको परिवार भित्रका यथार्थ चित्रण गर्दै गर्नु भएकाे व्यंग्यात्मक अभिनयले निकै वावाही पाएकाे थियाे । अजय छोचु, किसन धामी, लक्ष्मी श्रेष्ठ, डिजे जाङ्बु, श्रृजन श्रेष्ठ, क्यामेरापर्सन अशोक पन्त, राजेश श्रेष्ठ लगायतको कार्यक्रम संयाेजनकाे भूमिका रहेकाे कार्यक्रमकाे प्रमुख ज्योतिकुमार श्रेष्ठ रहनु भएकाे थियाे । सिमित श्राेत, साधन र समयकाे बाबजुद पनि पहिलो पटक आयाेजना गरिएकाे कार्यक्रम साेचे भन्दा बढी सलफल रहेकाे भन्दै कार्यक्रम प्रमुख श्रेष्ठले कार्यक्रम सफल पार्न याेगदान पुर्याउनु हुने सबैलाई आयाेजककाे तर्फबाट धन्यबाद् ब्यक्त गर्नु भयाे । कार्यक्रमकाे सफलताले थप उर्जा र उत्प्रेरणा मिलेकाे भन्दै उहाँले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनु भयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*