क्याप्टेन मेसी मैदान बाहिर हुँदा बार्सिलाेनालाई पहिलाे झट्का

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत पहिलो खेलमा नै साविक विजेता बार्सिलोनाले हार हात पारेको छ । कप्तान लियोनेल मेसी चोटका कारण मैदान बाहिर नै रहेको खेलमा बार्सिलोना एथ्लेटिक बिल्वाओसँग १-० ले पराजित भएको हो ।
शुक्रबार भएको खेलमा बिल्बाओका लागि घरेलु मैदानमा फरवार्ड अरिट्ज अडुरिजले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा गरेको गोल नै खेलको विजयका लागि निर्णायक गोल बन्यो । ८९ औं मिनेटमा विंगबाट आएको क्रसलाई अडुरिजले उत्कृष्ट बाइसाइकल किकमा गोल गरेका थिए ।
बार्सिलोनाले १० वर्षपछि लिगको पहिलो खेलमा हार बेहोरेको छ । खेल दौरान टोलीका मुख्य फरवार्ड लुइस सुआरेज चोटिलो हुँदै मैदान छाडे भने कप्तान मेस्सी चोटका कारण आराम गरिरहेका छन् ।
यसै खेलबाट क्लबमा डेब्यु गरेका एन्टोइन ग्रिजमन र फ्रान्की डे जोङका लागि सुखद सुरुवात रहन सकेन ।
हेर्नुहोस्-
https://twitter.com/i/status/1162466501913456641