सर्वहारा कम्युनिस्टको २१ औं शताब्दीको अपारदर्शी जीवन शैली
ठन्डा दिमागले सोचौं!!
परिवर्तन भनेर होइन गरेर ल्याउने हो। हाम्रो नेपालका नेताको औकात ३० वर्ष पहिले साइकलमा चढ्न समेत हम्मेहम्मे थियो। ३० वर्ष पछि अहिले हवाईजहाजको बिजनेस क्लासमा यात्रा गर्ने बिलाशि जीवन बिताउने हैसियत र धरातल के हो?८/१० बर्ष पहिले जङ्गललाई बासस्थान भएका सर्बहारा बर्गका नेताहरुको परिवर्तित जीवनलाई मात्र हेर्ने हो भने नेपालमा परिवर्तन कसको भयो भन्ने कुरा खोज्न कतै जान पर्दैन।नेपाली जनताले आफ्नो उन्नति हुन्छ,देशको प्रगती हुन्छ भनेर बलिदानि पुर्ण संघर्ष लडाइँमा भाग लिएका थिए तर मुट्ठी भर ब्यक्तिले सुख सयल गरेका छन।जन सेनाहरु मुक्तिको लागि चिल्लाइ रहेका छ्न।।
विलासी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न अब पनि देशभक्त नेपाली बलिदान गर्नुपर्ने हो? जनता उत्तेजित बनाउने अभिव्यक्ति दिन कहिले देखि बन्द हुन्छ??यति ठुलो दुई तिहाइ कम्युनिष्टको सरकार बनाउने बाटो जनताले दिएकै थिए के कमि थियो र सुसाशन र सदाचारको गति बढाउन??मार्क्सवाद र कम्युनिजमको नाउँमा कैयौं सपना देखाएर अर्बौं अर्बको कमिसन भ्रष्टाचार र अनियमितता प्रष्ट देख्न सकिन्छ, न यसमा कम्युनिस्ट सरकार बोल्छ न कम्युनिस्ट पार्टी ,प्रत्येक कम्युनिस्ट क्रान्तिमा बलिदानी पुर्ण संघर्षमा अयोग्य जनसेनाका माग खोइ सम्बोधन गरेको?समाजवाद बारे थाहै नभएको र कम्युनिस्ट आन्दोलनबारे एक पटक पनि नसुनेको मान्छे पार्टीमा हावी हुँदा यो दुर्दशा भोग्दै छौ।
हामी जब सिद्धान्तलाई बेवास्ता गर्छौं व्यवहारले बाटो भेट्टाउँदैन। सिद्धान्त काल्पनिक हुँदै जान्छ व्यवहार दृष्टिहीन हुँदै जान्छ।
नेपालमा लोकतान्त्रिक र बामपंथी दुई बिम्बहरु छ्न।यो एक प्रकारको ब्राण्ड भएका छ्न,हिजो जनयुद्ध/आन्दोलनबाट स्थापित शक्तिहरु अहिलेको एजेन्डा बिहिन छ्न। भएका केहि एजेन्डा पनि कपि पेष्ट छ्न। परिवर्तनले ब्यक्ति हैन समाज बदलिँको भएको हुनुपर्छ । गरीव माथि उठेको हुनु पर्छ । काम गर्ने शैली परिवर्तन भएको हुनुपर्छ खोइ त ब्यबहारिक परिवर्तन अनि पारदर्शिता ?
दुई तिहाईको सरकार सञ्चालनमा देखिएका बेथिति र त्यसबाट उत्पन्न जुन विरोध छ। यसको कारण बैचारिक सिद्धान्त र अहिलेको परिस्थिति सुहाउँदो एजेन्डा नहुदाको परिणाम हुन, पार्टी एकीकरणका मामिलामा पनि रहेका समस्यातर्फ हेरौँ जनताको जनवाद कि जनताको बहुदलीय जनवाद २०४६ सालमा उहि नेता उहि सिद्धान्त,६३/६४मा उहि नेता उहि सिद्धान्त ,७५/७६मा पनि उहि नेता उहि सिद्धान्त कहिले आउँछ रुपान्तरणको चेतना?
अब विकल्पको रुपमा सोचौ
अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्नसक्ने उदार उद्यमशीलता विकासका परिपाटीको ब्यबस्था निर्माण गर्न सक्ने राजनीति र विचार मानविय शभ्यताको विकास सँगसँगै देशको मौलिकता अनुसार निरन्तर विकास र परिवर्तन हुन्छ र हुनपर्छ यही आदर्शलाई पछ्याउदै मौलिक र नयाँ विचार दिन सक्ने नेतृत्व र पार्टीको अब विकल्प छैन,बस्तुगत र यथार्थ कुरा गर्ने हो भने डा: बाबुराम भट्टराईलाई याे देश र देशका अाम जनताले राम्रोसँग बुझ्न नसकेकै जस्तो लाग्छ। वहाँ, बदलिदाे समय, परिस्थिति र अावश्यकता अनुरूपको नेता हाे।याे देश र जनताकाे लागि दूरभाग्य नबनोस षड्यन्त्रको सिद्धान्तलाई सिरानी राख्ने हामिलाइ नपच्न सक्छ बाबुराम, उनको बिचारले बिकसित र सभ्य समाजकाे प्रतिनिधित्व छ। तर, याे नेपाली जनताले नबुझ्नु दुर्भाग्य! नेपालकाे राजनितिक काेर्स परिस्थिति अनुरूप बदलिनु पर्छ भन्ने बाबुराम भन्दा अर्काे नेता खोइ?प्रतिभाशाली मान्छेका विरूद्धमा सबै मूर्ख मान्छेहरू उचालिएका हुन्छन् । मूर्खकाे उपदेश भन्दा मलाई वैज्ञानिककाे गाली राम्रो लाग्छ ।बाबुरामले गाली नै दिए पनि सभ्य भाषामा उन्नत र क्रान्तिकारी छ।
gorkhali5865@gmail.com
शहिद लखन, गोर्खा
हाल युएई