न्यूरोडमा भीषण आगलागी हुँदा मिनी मार्केट ध्वस्त

निरन्तर न्यूज
२९ श्रावण २०७६, बुधबार ०८:४०

पोखरा । पोखराको मुख्य व्यापारिकस्थल न्यूरोडमा भीषण आगलागी भएको छ । स्थानीय एस मिनी मार्केटमा मंगलबार दिउँसो भीषण आगलागी हुँदा मिनी मार्केटमा रहेका विभिन्न पसलका ३२ वटा सटर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । आगलागिबाट ७ कराेड रुपैयाकाे  क्षति भएकाे जनाइएकाे छ ।

मंगलबार दिउँसो भएको आगलागी नियन्त्रणमा आउन झण्डै १ घण्टा लागेको प्रहरीले जनाएको छ । आगलागीबाट मार्केटमा रहेका फोम हाउस, इलेक्ट्रिक पसल, फलफूल पसल, बिजुली पसल, चस्मा पसल, जुस हाउस, रेष्टुरेन्ट, फेन्सी पसल लगायत एक दर्जन पसल जलेका छन् ।

पोखरा महानगरपालिकाको ३ वटा दमकल र खानेपानी ट्यांकरको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मी सहित स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् । पाेखरान्यूजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*