‘रिभ्यू’ पछि अमेरिकी दूतावासले सन्दीपलाई भिसा दियाे

काठमाडौं ।अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ ।
मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।
दूतावासले लामिछानेलाई बिहान साढे ११ बजेतिर भिसा सम्बन्धी निर्णय ‘रिभ्यू’ गर्नका लागि भन्दै पुनः बोलाएको थियो । ‘रिभ्यू’ पछि दूतावासले उनलाई भिसा दिएको हो ।
सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।