नेपाल विद्युत प्राधिकरणकाे मुनाफा ७ अर्ब २० करोड

निरन्तर न्यूज
२८ श्रावण २०७६, मंगलवार १६:५७

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड मुनाफा भएको जानकारी दिएको छ । आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ९० करोड नाफामा रहेको प्राधिकरणको नाफामा यो वर्ष लगभग ४ अर्ब वृद्धि भएको मंगलबार वार्षिक उपलब्धी सार्वजनिक गर्ने क्रममा बताएकाे हाे ।

यस्तै विद्युत प्राधिकरणलेआर्थिक वर्ष २०७५/७६ मा विद्युत चुहावट ५ प्रतिशतले घटेकाे जनाएकाे छ ।

गत आवमा प्राधिकरणको चुहावट २०.४५ प्रतिशत रहेको थियो भने यस आव मा कुल १५.३२ प्रतिशत रहेको छ।nea_doc

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*