क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन
भिसा नपाएपछि क्यारेबियन प्रिमियर लिगमा सहभागि हुन नपाउने

काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग खेल्न नपाउने भएका छन् । उक्त खेल खेल्नका लागि नेपाल स्थित अमेरिका दूताबासमा भिसा आवेदन दिएका सन्दीपको भिसा अस्वीकृत भएको छ ।
अमेरिकाले भिसा नदिएको पुष्टि गर्दै सन्दीपले प्रधानमन्त्री कार्यालयलाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ‘‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु ।’
२०१६ पछि धेरै अन्तर्राष्ट्रिय खेलका लागि विश्वका विभिन्न देश पुगेका सन्दीपले अमेरिकाले भिसा नदिँदा आश्चर्यचकित भएको बताएका छन् ।