युवाकाे क्षमता विकास अभिवृद्धि गर्न उपमहानगर तयार छ : मेयर महत

हेटाैँडा । “शिक्षा रुपान्तरण : उधमशिलता र नवप्रवर्तन” भन्ने मूल नाराका साथ हेटाैँडामा २० औं अन्तर्राष्ट्रिय युवा दिवस मनाइएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका का मेयर हरि बहादुर महतले यूवा समितिकाे पहलकदमीमा युवा लक्षित कार्यक्रम गर्न उपमहानगर लागिपरेकाे र युवालाई स्वराेजगार बनाउन बजेट समेत छुट्याइएकाे बताउनुभयाे। यसलाई सार्थक बनाउनु युवा समितिकाे समन्वयमा उचित ढंगले अगाडी आएमा आफुहरु युवाकाे क्षमता विकास अभिवृद्धि गर्न तयार रहेकाे नगर प्रमुख महतले विश्वस्त पार्नुभयाे ।
जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्ताेष चाैलागाईले हामी युवा हाैँ मात्र भनेर बस्ने बेला नभएकाेले आफ्नाे अधिकार प्राप्तीकाे लागि युवाहरु जागरुक भएर लाग्नु पर्ने बेला भएकाे बताउनुभयाे । स्वदेशमा नै हामी युवा शक्ति स्वराेजगार हुन सकिन्छ भनेर प्रमाणित गर्न सके मात्र हाम्राे अधिकार प्राप्तीमा बल पुग्ने बताउँदै अध्यक्ष चाैलागाईले स्थानीय तह देखि विभिन्न तालिम दिने संघ संस्थाले तालिम दिएकाे सबै तथ्यांक समेत राख्न नसकेकाे बताउनुभयाे । तालिम दिएका संघसंस्थाकाे तथ्यांकलाई नियाल्ने हाे भने युवाकाे संख्या भन्दा बढिले तालिम लिएकाे देखिन्छ तर वास्तविकतामा हेर्ने हाे भने, एउटा घरमा प्लास्टर गर्ने दक्ष जनशक्ति हामीसँग छैन चाैलागाईले थपे ।
प्रदेश युवा परिषद् गठन गर्ने तर्फ संकेत गर्दै अध्यक्ष चाैलागाईले देशमै राेजगारी स्थापित गरि युवाहरुलाई साँच्चै नै देशकाे सबल र सक्षम जनशक्तिमा परिणत गराई प्रधानमन्त्रीले भन्नुभएकाे सुखि नेपाली, समृद्ध नेपालकाे नारालाई साकार पार्न सिंगाे युवा समिति समेत लागिपर्नेमा विश्वस्त रहन समेत अनुराेध गर्नुभयाे । साथै अध्यक्ष चाैलागाईले आफुसँग मिशन तथा भिजन सहितकाे खाका समेत तयार रहेकाे बताउनुभयाे ।
सामाजिक विकास मन्त्रालयका उपसचिव खुबीराम अधिकारी, मकवानपुर उद्याेग बाणिज्य संघका सचिव सन्ताेष कुमार अर्याल, घरजग्गा व्यवसायी संघका अध्यक्ष ध्रुब घिमिरे लगायतले युवा भनेकाे साेच हाे र युवालाई सक्षम बनाउनु लाग्नुपर्ने धारणा व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रम २० औं अन्तर्राष्ट्रिय युवा दिवस मुल समारोह समितिले आयाेजना गरेकाे हाे ।