बकरईदको अवसरमा मुख्यमन्त्री पौडेलद्वारा शुभकामना

निरन्तर न्यूज
२७ श्रावण २०७६, सोमबार १२:४०

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले ईस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री पौडेलले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ईस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना व्यक्त गर्नुभएको हो ।

उहाले सोमबार एक सन्देश जारी गर्दै भन्नु भएको छ ” नेपाल बहुजातीय बहुसाँस्कृतिक देश हो । सबै जाती र सँस्कृतिका चाडपर्वहरुप्रति सरकारको उत्तिकै सम्मान छ । सभ्यता, संस्कृति र कलामा सयौं वर्ष अगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको छ । अनगिन्ती प्राकृतिक, सांस्कृतिक र पुरातात्विक सम्पदा यस प्रदेशमा रहेका छन् । बहु जाती भाषा, धर्म, संस्कृतिले भरिपूर्ण यो प्रदेश सामाजिक, सांस्कृतिक, जातीय, धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ ।”

मुख्यमन्त्री पौडेलले संविधानले संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने व्यवस्था गरेको बताउनुभएको छ । तीन वटै तहका सरकार जनताप्रति उत्तरदायी, जनताबाट सञ्चालित र जनताको सेवामा समर्पित भइ “सुखी नेपाली, समृद्ध नेपाल” बनाउने महान् उद्देश्य पूरा गर्न समन्वयकासाथ अघि बढि इतिहास रच्ने आधार बनाउन प्रतिवद्ध रहेको स्पष्ट पार्नु भयो।
उहाँले भन्नुभएको छ “बकर ईद पर्वको यस पावन अबसर मा राष्ट्रिय एकता , सामाजिक सद्भाव , सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*