प्रिमियर लिग फुटबलको नयाँ सिजनको पहिलो ‘बिग म्याच’ म्यानचेस्टर युनाइटेड र चेल्सी भिड्ने

निरन्तर न्यूज
२६ श्रावण २०७६, आईतवार १६:५१

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको पहिलो ‘बिग म्याच’ मा आज राति म्यानचेस्टर युनाइटेड र चेल्सीले प्रतिस्पर्धा गर्दैछ ।

सन् १९५८ पछि युनाइटेडले घरेलु मैदानमा लिगको पहिलो खेलमा चेल्सीसँग खेल्न लागेको हो । उक्त खेलमा युनाइटेड ५–२ ले विजयी हुदा बोबी चाल्र्सटनले ह्याट्रिक पुरा गरेका थिए । त्यसपछि सन् २००५ को सिजनमा चेल्सीको मैदानमा युनाइटेडले लिगको पहिलो खेल नै खेलेको थियो । जसमा चेल्सी १–० ले विजयी भएको थियो । उक्त सिजन चेल्सी नै प्रिमियर लिग च्याम्पियन बनेको थियो ।

उपाधिका दाबेदार दुवै टोलीलाई यो खेल निकै महत्वको छ । त्यसैले दुवै टोली महत्वुपर्ण ३ अंकका लागि नै मैदान उत्रने छ । खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

खेल म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा राति ९ः१५ बजे शुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु