बाहुबली स्टार प्रभासको ३ सय करोडकाे ‘साहो’को ट्रेलर’

बाहुबली स्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर सार्वजनिक भएको छ। फिल्म ३० अगष्टमा रिलिज हुनेछ।
दुइ मिनेट सड्चालीस सेकेण्डको ट्रेलरबाट फिल्ममा पूर्ण एक्सन, सस्पेन्स र केहि रोमान्स छ भन्ने बुझिन्छ। फिल्ममा प्रभाससँग श्रद्धा कपुर मुख्य पात्रका रुपमा छिन्। साथै फिल्ममा जैकी श्राफ, निल नितिन मुकेश, भनेला किशोर, चंकी पाण्डे लगायतका कलाकारको पनि प्रस्तुति दमदार देखिन्छ।
फिल्म लेखन तथा निर्देशन सुजिथले गरेका हुन्। हलिउडका प्रख्यात केनि बेट्ले एक्सन निर्देशन गरेका छन्। फिल्म निर्माणमा करिव ३०० करोड लागेको निर्माण पक्षको दावी छ। फिल्ममा एक्सन सिन र भिएफएक्सको भरपुर प्रयोग भएको छ।
बाहुबलीपछिको प्रभासको यो पहिलो फिल्म हो। त्यसैले यो फिल्मको प्रतीक्षा धेरैले गरेका छन्।