युवा संघको अगुवाइमा ३१ जनाले रक्तदान गरे

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे भातृ संगठन युवा संघ नेपाल हेटौँडा उपमहानगरपालिका ३ नम्बर वडा कमिटि बसामाडीको आयोजनामा गरिएकाे रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् ।
युवा संघ ३ नम्बर वडा अध्यक्ष अमिर बलकाे सभाध्यक्षतामा भएकाे कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिवालय सदस्य प्रकाश पाण्डे, रुपेश बर्तौला लगायतले रक्तदान जीवनदानका बारेमा बोलेका थिए ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ को समन्वयमा नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।