हेटौंडामा क्लाेथ बैंक सन्चालन

निरन्तर न्यूज
२६ श्रावण २०७६, आईतवार १३:३३

हेटौंडा । हेटौंडा ४ स्थित हुप्रचौरमा शनिवारदेखि हेटौंडा युवा अभियानको आयोजना तथा रिलाइन्स इङलिस सेकेण्डरी बोर्डिङ स्कुलको सौजन्य पहलमा क्लोथ बैंक सञ्चालनमा आएको छ ।

अभियानको आयोजनामा युवाहरुको एक समूहले पुरानो लुगा संकलन गरेर विपन्न र गरिवलाई वितरण गरिने काम सुरु भएको हो । हाम्रो लागि ठिक नभएको कपडा अरुको लागि नयाँ हुन सक्छ भन्दै उनीहरुले कपडा संकलन गरेर लुगा नभएका व्यक्तिहरुलाई वितरण गरिने उद्देश्य राखेको जनाएका छन् । अभियानका युवाले लगाउन सकिने लुगा दिन आए राखेर सफा गरि लगाउने योग्य बनाएर वितरण गरिने योजना रहेको बताएका छन् । शनिबारमात्रै १० जनाले कपडा  लिएर गएका छन् ।

हेटौंडाका गरिब दुखीहरुले अब निशुल्क लुगाहरु पाउने भएका छन । विभिन्न उमेरका बालबालिका र वृद्धहरुका लागि लुगा राखिएको र चप्पलहरु समेत राखिने लक्ष्य रहेको अभियानका युवाहरुले बताएका छन्. । गरिब असहायलाई सहयोग पुग्ने भन्दै हामीले यो कार्यको थालनी गरेको बताएका छन् ।

शनिबारदेखि हेटौंडा ४ हुप्राचौर गेटस्थित सञ्चालनमा आएको उक्त बैंक एक फलामको सानो घरजस्तोमा कपडाहरु झुण्डाईएको छ । उक्त बैंकको हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देलले गरेका थिए । सिग्देलले उद्घाटन गर्दै युवाहरुले गरेको कामको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै सहयोगी विद्यालयका प्राधानाध्यापक केशवलाल श्रेष्ठले कसैको सानो सहयोग बाट कसैको मुहारमा मुस्कान आउने काम यस युवा अभियानले गरेको र नयाँ सोचका साथ युवाहरु अघि बढेकाे बताँउदै आफुहरुले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा वडा प्रहरी कार्यालयका  प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रि, सञ्चारकर्मी कुमार अधिकारी, देवराज पन्त लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा हेटौंडा युवा अभियानका, पुनित पाठक, विकल्प बर्तौला, साकार शिवाकोटी, रोयल बानियाँ, विश्वास लटौला, दिक्षान्त श्रेष्ठ, सुशान्त लामीछाने, एैसन पौडेल लागयत युवाहरुको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*