लोकमार्ग एक महिनापछि खुल्याे

निरन्तर न्यूज
२६ श्रावण २०७६, आईतवार १३:१२

ओखलढुंगा । सिद्धिचरण लोकमार्ग एक महिनापछि खुलेको छ । वर्षासँँगै आएको पहिरोका कारण असार २६ गतेबाट अवरुद्ध भएको सडक शनिबारबाट सञ्चालनमा आएको छ ।

वेतेनी–घुर्मी खण्ड २५ किलोमिटर अन्तर्गत कटारी नगरपालिका– ११ ठाटीभन्ज्याङ र लप्सेको भीरसहित दर्जनभन्दा बढी स्थानमा पहिरोका कारण सडक एक महिनादेखि अवरुद्ध थियो । कटारी–घुर्मी सडक खण्डको ठाटिभञ्ज्याङ्गमा भएको अवरोध हटेसँगै सवारी सञ्चालन भएको सडक डिभिजन कार्यालय लहानका सुपरभाईजर कुमार प्याकुरेलले बताए।

ठाटिभञ्ज्याङमा पहिरोले सडकको बेस नै भत्काएकोले हाइट कटिङ गरेर बेस बनाएर अर्को सडक खनेर सडक सञ्चालनमा ल्याइएको प्याकुरेलको भनाइ छ ।

कटारी–घुर्मी सडक खण्ड अवरुद्ध खुलेसँगै प्रदेश नम्बर १ को माथिल्लो तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङ्गमा खाद्यान्न, ईन्धनलगायत सामाग्रीहरु ढुवानी सुरु भएको छ । यी तीन जिल्लाका लागि आवश्यक खाद्यन्न, ईन्धन लगायतका सामग्रीहरु सिद्धिचरण लोकर्माग बाटै भित्रिने गर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*