वनस्खण्डी मन्दिरको साधारण सभा सम्पन्न

निरन्तर न्यूज
२५ श्रावण २०७६, शनिबार २१:४६

हेटौँडा । हेटौँडाको प्रख्यात धार्मिक धरोहर तथा पर्यटकिय स्थल वनस्खण्डी देवी मन्दिर संरक्षण समितिको २० औँ साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाले पुनः राममान श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । ११ सदस्यीय नवगठित समितिको उपाध्यक्ष रामचन्द्र बर्तौला, सचिव पवन कार्की, सहसचिव अरविन्द कुमार सिंह र कोषाध्यक्ष अमृत केसी चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा ज्ञान प्रसाद घिमिरे, सुमित्रा कार्की, कृष्ण बहादुर न्यौपाने र शर्मिला राउत, राजुराम राउत र देवकी केसीलाई चयन गरेको छ । कार्य समितिमा सबै पुरानै अनुहार रहेपनि राजुराम राउत र देवकी केसी नयाँ सदस्यको रुपमा चयन गरिएको छ ।

साधारण सभाले निर्वाचन समिति संयोजकमा केदार प्रसाद न्यौपानेलाई चयन गरेको छ ।

साधारण सभाका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतले मन्दिरको विकासको लागि सदा आफ्नो सहयोग रहने बताउनुभयो ।

साधारण सभामा हेटाैँडा उपमहानगरपािलका १ नम्बर वडा अध्यक्ष सबिन न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कमल चन्द्र सुमन, नेपाली काँग्रेसका आनन्द कठायत, राप्रपाका सिताराम बतौँला, मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता, समाजसेवी सुदर्शन अधिकारी, राजिव सुवेदी लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

 

समितिका अध्यक्ष राममान श्रेष्ठको सभाध्यक्षतामा भएको साधारण सभामा सचिव पवन कार्कीले प्रस्तुत गर्नुभएको संस्थागत प्रतिवेदनलाई सर्वसम्मतले पास गरेको थियो । समितिका कोषाध्यक्ष अमृत केसीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई पनि सर्वसम्मतले पारित गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*