राजेश भेटवालकाे नेतृत्वमा फिटनेस संघ मकवानपुर

निरन्तर न्यूज
२५ श्रावण २०७६, शनिबार १८:४०

हेटाैँडा । शारिरिक सुगठन तथा फिटनेस संघ मकवानपुरको अध्यक्षमा राजेश भेटवाल चयन भएका छन् । शुक्रबार हेटौँडामा भएको संघको ५ औँ अधिवेशनले भेटवाललाई अध्यक्ष पदमा सर्वसम्मतरुपमा छानेकाे हो ।

भेटवाल अध्यक्षतामा बनेकाे संघकाे कार्यसमिति १५ जनाकाे गठन गरिएकाे छ ।

नवगठित संघकाे वरिष्ठ उपाध्यक्षमा राजु नेपाल, उपाध्यक्षहरुमा महेश कर्माचार्य र हेम श्रेष्ठ, सचिवमा सुजन श्रेष्ठ र कोषाध्यक्षमा कन्हैया शाहलाई चयन गरेको छ । संघका सदस्यहरूमा सौरभ श्रेष्ठ, सम्राट सिंह, जीवन न्यौपाने, अमृत लामा, अनिल श्रेष्ठ लगायत चयन भएका छन् ।

हेटौँडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महतको को प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष शिव कुमार कार्कीको सभाध्यक्षतामा ५ औँ अधिवेशन सम्पन्न भएको हो । संघकाे पद हस्तान्तरण कार्यक्रम समेत सपन्र गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु