अब कैदीले जेलभित्रै यौन सम्पर्क गर्न पाउने

निरन्तर न्यूज
२५ श्रावण २०७६, शनिबार १८:१३

काठमाडौं, २५ साउन । कैदीलाई प्रजनन अधिकार दिने गरी कारागार ऐन मस्यौदा तयार भएको छ । गृह मन्त्रालयअन्तर्गत कारागार व्यवस्थापन विभागले तयार पारेको मस्यौदामा सन्तान नभएका कैदीलाई प्रजनन अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ ।

मस्यौदामा सन्तान नभएका तर सन्तान जन्माउन इच्छुक कैदीबन्दीलाई सात प्रदेशका सातवटा कारागारभित्र यौन सम्पर्कका लागि दम्पती भेट्ने विशेष व्यवस्था गरिने उल्लेख छ ।

मस्यौदाअनुसार कैदीबन्दीको उमेर, कैद अवधि, वैवाहिक अवस्था, सन्तान भएनभएको, सन्तान जन्माउन इच्छुक र अपराधको प्रकृति हेरेर मात्र यस्तो सुविधा प्रदान गरिनेछ । नागरिक दैनिकमा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*