रिलायन्स स्कुलमा २ सय २० विद्यार्थीको आँखा परिक्षण गरियो

निरन्तर न्यूज
२२ श्रावण २०७६, बुधबार १७:४३

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरुको लागी सञ्चालन गरिएको आँखा शिविर बुधबार सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको नियमित स्वास्थ्य परीक्षण अन्तर्गत आँखा परीक्षण गरिएको विद्यालयकी अतिरिक्त कृयाकलाप संयोजक सुजिता श्रेष्ठले जानकारी दिइन ।

हेटौँडा युवा अभियानको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा भएको आँखा शिविरमा बुधबार कक्षा ५ देखी १० सम्मका विद्यार्थीहरुको आँखा परीक्षण गरिएको हो ।

बुधबारको शिविरमा कक्षा ५ देखी कक्षा १० सम्मका २ सय २० जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २४ जनाको आँखामा समस्या देखिएको परीक्षणमा संलग्न सामुदायीक आँखा अस्पतालकी बरिष्ठ नेत्र साहायक रिना खड्गीले बताईन । आँखामा समस्या भएकालाई आँखा अस्पतालमा थप उचारका लागी रेफर गरिएको छ ।

शिविरमा सामुदायीक अस्पतालका सिनियर नेत्र सहायक खड्गी सहित नेत्र सहायक सबिता क्षेत्री, आँखा स्वास्थ्य स्वयम सेवक इन्द्रिका चौधरी, आई बैंकका प्राविधिक अमेन्द्र कुमार शर्माको सहभागिता रहेको थियो ।

नियमित स्वास्थ्य परीक्षणबाट विद्यार्थीहरुमा स्वास्थ्य समस्या भए पत्ता लाग्ने र समयमै उपचार गर्न सजिलो हुने भएकाले विद्यालयमै शिविरको आयोजना गरिएको विद्यालयका निर्देशक रिषभलाल श्रेष्ठले बताए ।

 

यस्तै युवा अभियान हेटौँडाका संयोजक साकार शिवाकोटीले युवा अभियानले गर्दै आएको विभिन्न सामाजिक कृयाकलाप अन्तर्गत साउन १७ गते शुक्रबार र २२ गते बुधबार गरि दुईदिन आँखा परीक्षण शिविर सञ्चालन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु