विदेशी माटाेमा नेपाली माैलिकता पछ्याउँदै ‘पिकनिक’

अमेरिकाकाे नेप्लिज एसाेसिएसन अफ राेडे आइस्ल्याण्डकाे पिकनिक कार्यक्रम
निरन्तर न्यूज
२१ श्रावण २०७६, मंगलवार ०९:१७

अमेरिका, काेल्डस्टेट पार्क । विदेशी माटाेमा आफ्नाे मातृभुमिकाे पहिचानलाई जाेगाइराख्न तथा माैलिकतालाई पछ्याउँदै नेपाली समुदयाहरुवीच भाइचाराकाे सम्वन्ध बनाइराख्न पिकनिक कार्यक्रमकाे आयाेजना गरिएकाे छ ।

अमेरिका स्थित नेपाली समुदायकाे संस्था नेप्लिज एसाेसिएसन अफ राेडे आइस्ल्याण्ड (Nepalese Association of Rhode Island) ले पिकनिक कार्यक्रम भब्यताका साथ सम्पन्न गरेकाे छ । संस्थाले अमेरिकाकाे राेडे आइस्ल्याण्ड राज्यमा बसाेबास गर्ने नेपालीहरुलाई संगठित गर्ने मुख्य उद्देश्यले कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

 

अगष्ट ४ का दिन काेल्ट स्टेट पार्कमा आयाेजना गरिएकाे पिकनिकमा १ सय ५० भन्दा  बढी नेपालीहरुकाे उत्साहजनक सक्रिय सहभागिता रहेकाे संस्थाका अध्यक्ष उत्सव श्रेष्ठले जानकारी दिनु भयाे । अध्यक्ष श्रेष्ठले संस्थाकाे बारेमा संक्षिप्त जानकारी दिनु हुदै संस्थामा नेपालीहरुकाे सक्रिय सहभागिताका लागि आव्हान समेत गर्नु भएकाे थियाे ।

मुख्य गरी नेपाली चाडपर्वहरुलाई लक्षित गरी कार्यक्रम गर्दै आइरहेकाे संस्थाले आफ्नाे बार्षिक कार्यक्रम तालिका अनुसार नै पिकनिक कार्यक्रम गरेकाे संस्थाका उपाध्यक्ष निराजन अधिकारीले जानकारी दिनु भयाे । १२ बर्ष अघि स्थापना गरिएकाे  संस्था विविध कारणले निष्क्रिय रहेकाे भए पनि हाल संस्थाकाे आवश्यकता पुनः महसुस भएकाले नेपाली समुदायका लागि पुनः सक्रिय बनाउने प्रयास भैरहेकाे उहाँले बताउनु भयाे ।

नेपाली भाषा, धर्म, संस्कृति, परम्परा, रितिरिवाज लगायतकाे संरक्षण र संबर्धन गर्ने संस्थाकाे मुख्य उद्देश्य रहेकाेले नजिकिदै गरेकाे नेपाली महिलाहरुकाे महान चाड तीज, दशै, तिहारमा भब्य कार्यक्रम गर्ने गरी आवश्यक तयारी सुरु गरिसकिएकाे अधिकारीले जानकारी दिनु भयाे । संस्थाका संस्थापक अध्यक्ष ओम देवकाेटाले कार्यक्रममा नेपालीहरुकाे उत्साहजनक सहभागिता रहेकाेप्रति खुशी ब्यक्त गर्नु हुदै संस्थालाई जीवन दिन महत्वपूर्ण याेगदान पुर्याउनेहरुलाई विषेश धन्यवाद दिनु भयाे । देवकाेटाले अमेरिकाकाे ब्यस्त जीवनमा पनि नेपाल र नेपालीका लागि सक्दाे केही गराैं भन्ने मुख्य उद्देश्यले जन्माइएकाे संस्थालाई सक्रिय बनाउन सक्दाे सहयाेग गर्न सबैलाई अनुराेध गर्नु भयाे ।

कार्यक्रममा नेपालीपन झल्कने विविध स्वादिष्ट परिकारहरुकाे ब्यवस्था गरिनुका साथै नाँच-गान र बालबालिकाका लागि खेल समेत खेलाइएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*