साहित्यकार अप्सरालाई श्रद्धाञ्जली

निरन्तर न्यूज
१८ श्रावण २०७६, शनिबार २०:४२

हेटौँडा । मकवानपुरे साहित्यकार अप्सरा तिम्सिनाको सम्झनामा सर्जक सञ्जाल मकवानपुरले शोकसभा गरेको छ ।

साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता तथा साहित्यकार निमेष निखिलको सभाध्यक्षतामा भएको शोक सभामा साहित्यकार तिम्सिनाको असामहिक निधनले मकवानपुरको मात्र नभइ देशले नै क्षति व्यहारेको भन्दै वहाँको साहित्यिक योगदानलाइ स्मरण गर्नुभयो ।

सभामा सर्जक सञ्जाल मकवानपुरमा आबद्ध साहित्यीक संस्थाहरु सहित मकवानपुरका साहित्यकारहरुले तिम्सिनालाई श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष समेत रहेकि तिम्सिनाको गत साउन १३ गते उपचारको क्रममा चितवनमा निधन भएको थियो । तिम्सिनाको २०३० साल कात्तिक २८ गते ओखलढुङ्गामा जन्म भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*