मदीरा प्रेमीहरुको लागि खुसीको खबर

काठमाडौं । अनुसन्धानकर्ताहरुले भर्खरै मदीराप्रेमीहरुका लागि एक नयाँ खुसीको खबर पत्ता लगाएका छन् । अनुसन्धानकर्ताहरुका अनुसार रेड पाइनमा यस्तो एउटा तत्व पाइन्छ, जसले डिप्रेसशन र तनावको उपचार गर्न मद्दत गर्न सक्छ ।
वनस्पतिबाट पाइने यस तत्व तथा प्लान्ट कम्पाउण्ड रेसवेराट्रोल एक विशेष इन्जाइमको ब्लिडिङलाई रोक्छ भने, यसले डिप्रेशनलाई नियन्त्रणमा राख्छ । अमेरिकाको युनिभर्सिटी अफ बफेलोका सहायक ‘प्राध्यापक यिंग जु’का अनुसार ‘डिप्रेशन र तनावबाट शिकार बनेका पीडित रोगीहरुका लागि रेसवेलराट्रोलको औषधि एक प्रभावी विकल्प हुनसक्छ ।’
पत्रिका ‘न्युरोफार्माकोलांग’मा प्रकाशित एक निश्कर्षमा भनिएको छ, ‘जसरी रेसवेराट्रोलद्वारा न्युरोलोजिक प्रक्रियामा प्रभावित पारिन्छ, जसमा एउटा यस्तो तत्व हुन्छ जसले असंख्या स्वास्थ्य लाभ गर्छ । यो अंगुर र बेरीको बिज र त्वचामा पाइन्छ ।’ अनुसन्धानकर्ताहरुले रेसवेराट्रोलमा डिप्रेसन रोक्ने गुण पत्ता लगाएका छन् । तर, यस तत्वको फास्टोडिएस्टरेज–४ सँग के सम्बन्ध छ भन्ने कुरा भने पत्ता लगाउन सकेका छैनन् ।
फास्टोडिएस्टरेज–४ एक इन्जाइम हो, यो तनाव हर्मोन कार्टिकोस्टेरोनसँग प्रभावित हुन्छ । कार्टिकोस्टेरोनले तनावप्रति शारीरिक क्रियालाई नियन्त्रण गर्छ । अत्याधिक तनाव भयो भने दिमागमा यस हर्मोन बृद्धि हुन्छ र मानसिक डिप्रेशनको जन्म हुन्छ ।
अनुसन्धानकर्ताहरुका अनुसार यस्तो अवस्थामा रेड वाइन औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । रेड वाइनमा रेसवेराट्रोल पाइन्छ । एजेन्सीको सहयोगमा