निर्वाचन आयोगमा समाजवादी पार्टी दर्ता

निरन्तर न्यूज
१७ श्रावण २०७६, शुक्रबार २२:१७

 

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

समाजवादी पार्टीले गत जेठ ३० गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । गत वैशाख २३ गते समाजवादी पार्टी नेपाल बनेको थियो । समाजवादी पार्टीका २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्य छन् । समाजवादी पार्टीसँगै अव निर्वाचन अयोगमा दर्ता भएका राजनीतिक दलको सङ्ख्या १३१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*