रिलायन्स स्कुलमा विद्यार्थीहरुको आँखा जाँच

निरन्तर न्यूज
१७ श्रावण २०७६, शुक्रबार १७:२६

हेटौँडा । रिलायन्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुको शुक्रबार आँखा जाँच गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हेटौँडा युवा अभियानको आयोजना र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा आँखा शिविर सन्चालन गरिएको विद्यालयकी अतिरिक्त कृयाकलाप संयोजक सुजिता श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार भएको शिविरमा कक्षा नर्सरी देखी कक्षा चार सम्मका ४ सय ६२ जना विद्यार्थीको आँखा परीक्षण गरिएको मध्ये १६ जनामा सामान्य समस्या देखिएपछि प्राथमिक उपचार समेत गरिएको परीक्षणमा संलग्न अस्पतालकी बरिष्ठ नेत्र सहायक पूर्णिमा गुरुङले बताईन ।

नियमित स्वास्थ्य परीक्षणबाट विद्यार्थीहरुमा स्वास्थ्य समस्या भए पत्ता लाग्ने र समयमै उपचार गर्न सजिलो हुने भएकाले विद्यालयमै शिविरको आयोजना गरेको विद्यालयका निर्देशक रिषभलाल श्रेष्ठले बताए ।
यस्तै युवा अभियान हेटौँडाका संयोजक साकार शिवाकोटी शशिले युवा अभियानले गर्दै आएको विभिन्न सामाजिक कृयाकलाप अन्तर्गत विद्यार्थीहको आँखा शिविर सञ्चालन गरिएको बताए ।

साउन २२ गते हुने अर्को परीक्षण शिविरमा कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुको आँखा परीक्षण गरिने विद्यालयकी शिक्षिका सुमी श्रेष्ठले बताईन । शिविरमा सामुदायीक अस्पतालका सिनियर नेत्र सहायक गुरुङ सहित नेत्र साहायक सम्झना कुँवर, आँखा स्वास्थ्य सेवक सर्मिला बजगाईं र आइ डोनर अमेन्द्र बि।कको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*