काँग्रेस नेता बाँनीया जापानमा, मकवानपुरेहरुसँग विकासका माेडलबारे अन्तरक्रिया

निरन्तर न्यूज
१७ श्रावण २०७६, शुक्रबार ०९:२२

हेटाैँडा ।  नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बाँनीया जापान पुग्नु भएकाे छ ।

काँग्रेस मकवानपुरका सभापति समेत रहेका बाँनीया जापानकाे इन्फ्रास्ट्रक्चर, नयाँ सिटीकाे कन्सेप्ट, सूचना प्रविधिकाे प्रयाेग तथा विकासका नयाँ नयाँ माेडेलकाे बारेमा अवलाेकन भ्रमणमा जापान जानुभएकाे उनका सहयाेगी सुजन बिडारीले जानकारी दिनुभयाे ।

जापानकाे टाेकियाेमा  नेता बाँनीयालाई  मकवानपूर जापान समाज ले स्वागत र  सम्मान गरेकाे छ । टाेकीयाेमा समाजले मकवानपूर जिल्लाकाे विकासका बारेमा  नेता बाँनीयासँग  अन्तरक्रिया गरेकाे समाजका अध्यक्ष बच्चुराम अर्यालले जानकारी दिनुभयाे ।

वहाँकाे जापान बसाई एक हप्ता सम्मकाे रहने सहयाेगी बिडारीले जानकारी दिनुभयाे ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु