पुँजीबादकाे “पिडा” बन्दैछ भविश्यका लागि “जाेहाे “

सुपेन्द्र बस्नेत
१७ श्रावण २०७६, शुक्रबार ०८:५२

भन्ने गरिन्छ कि याे बिचित्रकाे संसार हाे ।  बास्तवमा याे अनेक खाले दृश्य अदृश्य चित्रै चित्र भएकाे बिचित्रकाे संसार नै हाे रहेछ ।

श्रृष्टि कर्ताले श्रृष्टि गर्दा नै बिचित्र कै बनाइदिएका रहेछन् । त्यसलाई पनि थप महाबिचित्र बनाई दिएकाे छ सर्बाेकृष्ट भनिएकाे मानब जातिले । प्राणी जगतकै सर्बाेच्च बुद्धिमान र चेतनशील मानिन्छ मानबलाई । मानब सभ्यता बिकास क्रमकाे इतिहास काेट्याउने हाे भने ढुंगे युग देखि आजकाे कलियुगसम्म आमुल परिवर्तनहरु भएकाे देखिन्छ । जब मानिसले आगाे उत्पन्न गर्न जान्याे तब मानब सभ्यताकाे बिकास क्रममा कायापलटकाे ढाेका खुल्याे । हरपल हरक्षण सुखी र खुशी जिवन बिताउने लाेभलाल्सामा हाेमिएकाे मानब आजका मितिसम्म पनि उही अभियानमा दिन रात नभनी लागिनै रहेकाे छ। रफतार घटेकाे छैन बरु कयाै गुनाले बढ्दै गएकाे छ । तर त्याे सुखी र खुशी जिवन कहिले भेटिने हाे अझै अत्ताे पत्ताे छैन ।

पहिला पहिला केबल बर्तमानलाई सहज,खुसी र सुखी बनाउने चिन्तामा रहने मानब , दिन प्रतिदिन आफुमा भएकाे बाठाे पनकाे उपयाेग गर्दै आफ्नाे बलबुताले भ्याएसम्म भाेली ,पर्सी,निकाेपर्सी,कानेकाेर्सी ……..काे पनि चिन्ता गर्न थाल्याे । हिजाे आज त दुर भविश्यका लागि पनि चिन्ता गर्न थालिएकाे छ त्याे पनि आफ्नाे मात्र हैन सक्दाे पुताै पुस्तासम्मका लागि । सामाजिक बिकासकाे क्रममा बिभिन्न बादहरु जन्मिए र परिक्षित भए पनि । कति हुर्कन नपाउदै मरे त कति अझै जिबितै छन् कति जन्मिने क्रममै पनि छन्। जाे बिकासकाे परिणाम र निरन्तर प्रक्रिया पनि हाे ।

यसै क्रममा जब पुँजीबादकाे जन्म भयाे त्यसैले बिश्वमा एकखालकाे आर्थिक क्रान्ति ल्याएकाे हाे भन्नेमा पुँजीबादीहरुकाे एक स्वर छ । यस कुरामा पुँजीबादकाे कडा बिराेध गर्ने पृथकबादीहरु पनि एकहदसम्म सहमत छन् । पुँजीबादले संसारमा यसरी गहिराे जरा गाड्दै फैलियाे कि अन्यबादहरु कति डाइनाेसर झै लाेप भए,कति पुँजीबाद मै बिलय भए , त कतिले अस्तित्व जाेगाउन रुपरंग बदलेर परिस्कृत स्वरुपमा प्रस्तुत हुन बाध्य भए । सामन्तबादकाे कट्टर बिराेधी र साम्यबादकाे पक्षधरहरुलाई पनि माैलाउदै गएकाे पुँजीबादका कारण मैदानमा टिकिराख्न हम्मे हम्मे परिरहेकाे छ । तसर्थ समग्रमा भन्नु पर्दा आजकाे संसार पुँजीबादकाे कब्जामा छ भन्दा अतियुक्ति नहाेला ।

जसले गर्दा जुन सुकै बाद कुनै न कुनै कारण कुनै न कुनै तवरले पुँजीबादबाट अछुताे रहन सकेकाे छैन । त्यही कारण हाे हिजाे आज समाजबादकाे पक्षधरहरु पनि भाषा र मार्ग सच्याउदै पुँजीबाद हुदै समाजबादमा पुग्ने परिकल्पना गर्न थालेका छन् । उनीहरु पुँजीबादमा उपलब्ध श्रम,स्राेत र साधनकाे अधिक्तम उपयाेग तथा उच्चतम् उत्पादन गर्ने र त्यही अधिक्तम् र पुर्ण उत्पादनकाे साेर्बाेकृष्ट अवस्थामा नै समाजबाद प्राप्त हुने बिश्वास राख्दछन् । समग्रमा हेर्दा पुँजीबादलाई जुन काेहीबादले धेर थाेर उपयाेग गरेकै देखिन्छ । हुन त कुनै पनि बाद आफैमा साध्य हाेइन तर साध्य प्राप्तिका लागि उपलब्ध साधनहरुकाे अधिक्तम् उपयाेग गरी पूर्ण उत्पादन गर्ने महत्वपूर्ण माध्यम भने पक्कै हाे । हरेक बादका गुण सहित धेर थाेर बैगुण पनि हुन्छन् नै । यसबाट पुँजीबाद पनि अछुताे रहन सकेकाे छैन ।

लेखक : सुपेन्द्र बस्नेत

त्यसकारण पुँजीबादलाई उपयाेग गर्ने बित्तिकै त्यसकाे गुण मात्र हैन बैगुण पनि सगसंगै ब्यहाेर्नु पर्छ नै । विश्वमा जसले पुँजीबादकाे प्रतिउत्पादकलाई जति न्युनिकरण गर्न सक्याे वा प्रतिउत्पादनलाई सही ब्यवस्थापन गर्न सक्याे त्याे त्यति नै सफल मानिएकाे छ । जसका उदाहरणहरु बिश्वमा बर्गेल्ती देख्न पाईन्छ । यहाँ मैले पुँजीबादकाे ब्याख्या नभई पँजीबादमा खास अहाेरात्र खटेर श्रम गर्नेकाे जीवन कथा/ब्यथाकाे एक पिडादाई प्रसंगलाई केन्द्रमा राखेर मैले लेखेकाे एउटा लेखकाे सारलाई जाेडेर पुँजीबादकाे बैगुण पाटाेकाे आफ्नाे सरल बुझाई पस्कने चेष्टा मात्र गरेकाे छु । जुन लेखकाे सार यस प्रकार रहेकाे छ : साराले खाेरियाकाे कुनाकाप्चा खाेस्री खास श्रम गर्ने कृषकले छरेकाे “ताेरी “सप्रेकाे मात्र देख्छन् तर उसकाे भित्री ब्यथा कसलाई के थाहा ? कुत बुझाएर बाँकी रहेकाे ताेरी पनि अर्कैले ” भब्यताका साथ दशैं मनाउन पर्याे “भन्दै लगेर तेल पेल्छ ।कृषकसंग भने चाेख्यान हाल्न र भान्सामा भुटुन हाल्न समेत थाेपाे तेल हुदैन।

 

यही अफ्ठ्याराे र पिडामा नुन खर्सानी छर्दै मुखिया साप पनि नाईटाेमा लगाउन उठाैती भन्दै दुई माना ताेरीकाे साँवा,ब्याज र ब्याजकाे स्याज समेत जाेडेर एक पाथी घ्यू नाईटाेमा लगाउनका लागि उपलब्ध गराउन उर्दी जारी गर्छन् ।

माथि उल्लेखित प्रसंग पुँजीबादी समाजमा घटिरहेका अनेक खाले बिकृत घटनाहरुले निम्त्याएकाे अनेक खाले दु:खद् परिणामहरु मध्यकाे एक प्रतिनिधि परिणाम मात्र हाे । पुँजीबादमा खास श्रम गर्नेले पाउने मुल्य तुलनात्मक रुपमा ज्यादै न्यून छ जसका कारण उनीहरुकाे जीवन स्तर ज्यादै कठिन र दयनीय छ । र सारा जीवन बाच्नका लागि आवश्यक अतिआवश्यक आधारभूत आवश्यकता गाँस,बास र कपासकाे जाेहाे गर्दैमा ब्यतित् हुन्छ ।

आजकल पुँजीबादी समाजमा जानी नजानी ” भबिश्यका लागि आवश्यक जाेहाे गर्न ,सक्ने जति लुट्नका लागि जुट ” भन्ने अभियान माैलाउदै गइरहेकाे देखिन्छ । जसका कारण गरिब(हुदा खाने) र धनी (हुने खाने) बिचकाे खाडल पुरिनुकाे सट्टा झन झन बढ्दै गइरहेकाे छ । भन्नलाई जे जे भनिएता पनि परिणाममा पुँजीबादकाे चरणमा मानिस जानी नजानी आफुमा बढी केन्द्रिकृत भएकाे र भाैतिक सुखलाई केन्द्रमा राखेकाे देखिन्छ । जसले गर्दा पहिला मानिस आफ्नाे सुन्दर ,सुखी र खुशी भबिश्यकाे खातिर सकि नसकी सक्दाे “जाेहाे” गर्न मै तल्लिन हुन्छ । त्यस पछि आफ्ना सन्तान, इष्ट,मित्र,आफन्त,नाता,कुटुम्ब,बर्ग ,भुगाेल आदिलाई प्राथमिकतामा राख्दै छ ।

सैद्धान्तिक रुपमा जे जस्ताे स्वच्छ र बिभेद रहित दर्शन छाटे पनि ब्यवहारत: “जाेहाे “कै आधार सामाजिक हैसियत मापनकाे प्रमुख मापदण्ड बनेकाले सक्दाे अत्यधिक “जाेहाे” गर्ने नै जीवनकाे मुख्य लक्ष्य बन्न पुगेकाे छ। उक्त लक्ष्य प्राप्तिका लागि साम,दाम,दण्डभेद् प्रयाेग गर्न मानिस तयार छ। यही भविश्यकाे लागि सक्दाे “जाेहाे” गर्ने मानिसकाे अभियान नै पुँजीबादकाे प्रमुख पिडा बन्दैछ । पुँजीवादमा प्रारम्भताका सैद्धान्तिक रुपमा समाज पनि समास,पराेपकार,धर्म,प्राणी जगतकाे भलाे,सर्बाेच्च चेतनशिलता, जगत भलाेका लागि सर्बाेकृष्ट भूमिका आदि इत्यादि दर्शन छाट्न तल्लिन हुन्छ र त्यसले निरन्तरता पनि पाइरहन्छ तर ब्यवहारिक रुपमा भने त्यही साजका सदस्य बिस्तारै एक अर्कासंग बिग्रह,ब्यक्तिबादी,स्वार्थी र समाजले ठानेकाे उच्च हैसियत सहित अरु भन्दा भिन्न भएर रमाउदै बाच्न उत्प्रेरित हुन्छ ।

यस्ताे परिस्थतिले समाजमा थाहा नै नपाई असमानताकाे खाडल बढाउदै गइरहेकाे छ। धनी झन झन धनी र गरिब झन झन गरिब बन्दै जाने अवस्था श्रृजना भएकाे छ । र सर्बाेकृष्ट प्राणीमा रहेकाे प्रमुख बिषेश्ता “मानवता “दिन प्रतिदिन हराउदै गइरहेकाे छ । एक हिसाबले भन्नु पर्दा जुन सुकै उद्देश्यले यस्ताे खालकाे पुँजीबादकाे उपयाेग गर्दै जादा यस्ताे दलदलमा फसिन्छ कि त्यसबाट उत्रनै गाह्राे हुन्छ र भुल भुलैयामा रमिते बनिदिदा समाजबादकाे लक्ष्यमा पुग्ने सपना सपनामा नै सिमित हुन्छ । जाे अहिलेकाे बिश्ब परिघटनाले देखाई रहेकाे छ । त्यसैले समाजबाद भेटाउने नै लक्ष्य हाे भने बर्तमानमा विधमान पुँजीबादकाे पथ हुदै अघी बढ्ने रणनिति परित्याग गरेर समाजबादका आधारस्तभ सहितकाे पृथक पथ तयार गर्न जरुरी छ ।

हैन पुँजीबादकाे बिकल्प नसाेने हाे भने पुँजीबादकाे उपयाेगका क्रममा हुन सक्ने प्रतिउत्पादक परिणामलाई सक्दाे कम गर्ने र उब्जिएका प्रतिउत्पादक परिणामलाई समय मै सही ब्यवस्थापन गर्ने गरी यसका सिद्धान्त र ब्यवहारमा सक्दाे सामाञ्जस्यता ल्याएर अघी बढ्नु जरुरी देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*