मैले देखेकाे “नेपाली माटो सुहाउँदो बाबुराम”

यात्रा संस्मरणले उब्जाएका अनुभुति
सन्जित दुवाडी
१६ श्रावण २०७६, बिहीबार २३:२५

पुर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी, नेपाल का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई तत्कालीन नयाँ शक्ति पार्टी नेपालले आयोजना गरेको एकमहिने जनसंवाद यात्रा (२०७५/१०/१५ देखि ०७५/११/१५) सम्म गरेको लम्बे यात्रा पुर्व पाँचथरको चिवा भञ्ज्याङ् देखि पश्चिम वैतडीको झुलाघाटसम्म (मध्यपहाडी पुष्पलाल) लोकमार्गको यात्रा पुर्व घोशित मितिमै पूरा गर्नुभयो। त्यो यात्रामा उहाँले विभिन्न क्षेत्रका बौद्धिक ब्याक्तित्व एवं स्थानीय निकाय र जनता सङ्ग अंतरकृया गर्दै मध्यपहाडी पुष्पलाल लोकमार्गको स्तरोन्नतिको बारेमा जानकारी सल्लाह,सुझाव साटासाट गर्दै जनताको घरदैलोमा जे पाक्छ मिठोमसिनो खाँदै दिनको बिहान ६ बजे देखि निरन्तर राती अबेरसम्म पनि विभिन्न खालका जनभेटघाटका कार्यक्रम गर्दै दिनहुँ ठाउँ क्षेत्रका जनसमुदाय सङ्ग को आफ्नो त को पराई नभनी सबैलाई सम्मानका साथ समान व्यवहार र समय दिँदै हिंड्नु भयो।

जनसंवाद यात्राको महिना दिन भरी एकदिन मात्रै माघको २५ गते काठमाडौँ आइपुगेपछि आफ्नै डेरामा आराम गर्दै दाँत सफा गर्नुभयो र सन्चारकर्मिको प्रश्नको उत्तर दिदै भन्नुभयो जनताको घरदैलोमा दिएको मकै चपाउन दाँत तीखो पारेँ ! त्यो लामो जनसंवाद यात्रामा उहाँले दिनको ६/७ वटा कार्यक्रममा सरिक हुँदै आफ्ना महत्वपूर्ण बिचारहरु राख्दै जनताहरुसङ्ग अंतरकृया गर्नुभयो। ६५ बर्षको बुडो मान्छे दिनरात,घामपानी,उकालिओराली नभनी कुनै कार्यक्रम पनि निर्धारित समयमै पुरागरि काठमाडौ फर्किनु भयो र हामिलाई विमानस्थलमा ओर्लिएर भन्नुभयो तपाईंहरुले दिनुभएको जिम्मेवारी मैले पूरा गरेर आएँ कति गरेँ त्यो मुल्यांकन तपाईंहरुले गर्नुहोला !

त्यतिलामो यात्रागर्दा विभिन्न ठाउँको हावा पानी प्रतिकुल मौसमका बाबजुद हिउँसङ्ग खेल्दै जुध्दै पन्छाउदै दिनको १५/१६ घण्टा खट्दा न खानको ठेगान न बास बस्नकै त्यो ६५ वर्षको बुडो मान्छे मलाई लाग्छ बिश्व परिवेश सङ्गै नेपाली माटो सुहाउँदो एक अबिचलित यात्री हो। न उहाँलाई हाछ्यु नै आयो न कुनै औषधि नै खानुपर्यो त्यसैले म अझै दावाका साथ भन्छु उहाँ नेपाली माटो सुहाउँदो अग्रणी नेतानै हुनुहुन्छ र समय परिस्थिले पनि पुष्टि गर्दै गैराखेको छ।

 

उपचार र सेवासुबिधा 

पुर्वप्रधानमन्त्री डा बाबुराम नेपालमै उपचार गराएर बसे भने अरु बिदेश सयर गरिरहेका छन्। बाबुराम प्रधानमन्त्री हुँदा नेपालमै बनेको नेपाली उत्पादनलाई प्रोत्साहन दिने उध्यस्यले १४ लाखको मुस्ताङ म्याक्स चढे अहिलेका हाम्रा मन्त्रीहरु २ करोड घटिका सुबिधासम्पन्न बिलासी गाडी नचढ्ने कोहि छैनन् ! हुँदाहुँदा एकजना मन्त्री त ४ वटा गाडी र २/३ वटा मोटरबाइक सयर गर्नुहुन्छ रे भनेर बजार तातिरहेको छ। गाउँपालिका प्रमुख सम्म लाई ७०/७५ लाख पर्ने गाडी चाहियो भनिरहेका छन्।

बाबुरामले काठमाडौ लगाएतका ठाउँमा बर्शौँ देखि बिस्तार हुन नसकेको बाटो बिस्तार गर्ने अभियान सुरु गरे यिनिहरु अहिले भन्दैछन् यिसबै हामिले गरेका हौं ! बाबुराम गणतन्त्र नेपालको पहिलो सफल अर्थमन्त्री भएर देशको आर्थिकनितिमा कायापलट नै लेराइदिए र देशको आर्थिक ढुकुटी बढाइदिए यिनिहरु भन्दैछन् हामिले भरेको त्यसैले हामी सरकारी सम्पत्ति दोहन गर्न पाउनुपर्छ भन्दै सरकारी जग्गा लिलामी गर्दैछन्।

बाबुराम आफुले पढेको भारतको जवाहरलाल नेहरु बिश्वबिध्यालय का आफ्ना गुरु र सहपाठी हरुसङ्ग उता गएको बेलाहोस या उनिहरु यता आउँदा होस् भेटघाट आदर सत्कार गर्नेगर्छन् त्यसलाई यिनिहरु भारतिय दलाल र एजेन्ट को ट्याग भिराउन पछि पर्दैनन् ! तर उनिहरु भारतिया खुफिया एजेन्सीका दलाल रअ साथै विभिन्न निकायका कुटनितीज्ञ सङ्ग खुलमखुला साँठगाँठ गर्छन् र पनि राश्ट्रवादीनै हुन्छन्

बाबुरामले कैलालीको मुसहर बस्तिमा गएर त्यहाँको बस्तुस्थिती बुझ्दै उनिहरुकै घरमा पाकेको मिठोमसिनो खान्छन् र रात बिताउछन तर यिनिहरु त्यसलाई देखावटी भन्न पछि पर्दैनन् ! र यिनिहरु आराम गर्न भन्दै सिंगापुर र दुवैका पाँचतारे होटल चहार्छन् र अझैपनी भन्न पछि पर्दैनन् हामी सर्वहारा वर्गका पहरेदार हौं ! बाबुरामले सरकारी सेवासुबिधा फजुल खर्च हो भनी त्याग्छन तर सर्वहाराका हिमायती भन्न रुचाउनेहरु अरुबढी थप्दैछन् र भन्छन् जनताका सेवक हौं ! बाबुरामले सुरक्षा घेरा कहिलै बनाउन आवश्यक ठानेनन् तर यी सर्वहाराका ठेकेदार हौं भन्ने कायरहरु सुरक्षा घेराबिना एकपाइला पनि अघि बढाउने आँट अनि हिम्मत गर्दैनन् र भन्छन् मलाई एक नम्बरमा मार्ने योजना बनाएको मैले सुचना पाएकोछु मलाई थप सुरक्षा चाहियो भन्दै थपिरहन्छन र फेरि भन्न पछि पर्दैनन् म सर्वहारा वर्गकै सेवक हुँ !

बाबुरामले शिक्षा र स्वास्थ्य को सुधारको मुद्दा उठाइरहे र भने राज्यले यी अत्यावश्यक कुरा निशुल्क प्रदान गर्नुपर्छ तर उनिहरु भन्न पछि पर्दैनन् राज्यले निशुल्क गर्नुपर्छ तर उनिहरुनै शिक्षा र सवास्थ्य क्षेत्रमा खुलेआम व्यापार (लुट) मच्चाइरहेका छन्। बाबुरामले पटक पटक भन्दै आएकाछन नेपालमा वास्तविक लोकतन्त्र अझै आएको छैन ब्यबस्था मात्रै फेरियो जनताको अवस्था उस्तैछ यसको परिवर्तन आवश्यक छ तर यिनिहरु सङ्गिन आरोप लगाउन पछि पर्दैनन् धेरै पढेपछी मान्छे बौलाउदो रहेछ भन्दै हाँसिमजाक मा उँडाउन थाले।

बाबुराम आफ्नो भएको पैत्रिक सम्पत्ति पनि बेचेर पार्टीलाई चन्दा दिई परिवार सहित परिवर्तनको आन्दोलनको मोर्चामा अग्रणी भुमिका निर्वाह गर्दै हिंडे तर यिनिहरु भन्न पछि परेनन् नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका जानू एकै हो ! र पार्टीको चन्दा सङकलन रकम र विभिन्न माध्यमबाट भ्रष्टाचार गरि अकुत सम्पती जोडि त्यसलाई सेतो बनाउन विभिन्न प्लटिङ र घरघडेरिमा लगानी बिस्तार गर्न थाले र एकैचोटी फलाम लाई सुन र सुनलाई हिराको भाउमा पुर्याइदिए यसैलाई उनिहरु अहिले परिवर्तन देख्छन्।

बाबुरामले सधैं देश र जनताको लागि केहिगर्नुपर्छ भनेर सोचे आवाजबुलन्द बनाइराखे तर यिनिहरु आफ्ना नातागिता आसेपासे झोले कार्यकर्ता बाहेक अरु कसैलाइ पनि जनता ठानेनन् र उनिहरुलाई मत्र पोश्नमा ब्यस्त रहे। बाबुरामले आफ्नो परिकल्पना भिजन र मिशन सहित ठोस कार्यक्रमका साथ नेपालमा अब राजनैतिक परिवर्तन पूरा भयो अब आर्थिक समृद्धिको खाँचो छ भनी आर्थिक समृद्धिको नयाँ अभियान सुरु गरे तर यिनिहरु फेरि भन्न हतार गरे फेरि बाबुराम बौलायो त्यो बाटो उस्ले गलत लियो। तर जनताको साथ र समर्थ बढ्दै गएपछी बिनायिजना बिना आधार भन्न पछि परेनन समृद्ध नेपाल सुखी नेपाली यो सरकारको मुख्य लक्ष्य हुनेछ भन्दै जनतालाई झुक्याउन पछि परेनन् ।

लेखक: सन्जित दुवाडी

अन्तमा, बाबुरामले हिमाल,पहाड,तराई लाई जोडि ईन्द्रधनुशी इन्द्रेणी रास्ट्रीयता कायम गरि देशमा कार्यकारी रास्ट्रपति प्रणाली सहित समाजवादको आवस्यक छ भनेर समाजवादी पार्टी स्थापना गरि समाजवादी अभियानमा तिव्ररुपमा लाग्दा अताल्लिएर भन्नपछि परेका छैनन् बाबुराम कहाँ समाजवादी अभियानमा हुनु उ त मधिसेलाई पार्टी बुझाएर मधिसे जातिय मुद्दा बोकेर हिंड्यो असली समाजवादी त हामिनै हौं समाजवाद बिना देशमा बिकास र समृद्धि को परिकल्पना अन्धकार छ। त्यसैले मलाई लाग्छ नेपालमा बाबुराम सङ्ग तुलना गर्न मिल्ने लाएक ब्यक्तित्व नै रहेनछ।

 

लेखक : जिल्ला सदस्य (गोरखा), समाजवादी पार्टी, नेपाल  तथा  युवा शक्ति नेपाल गण्डकी प्रदेश सदस्य

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*