आजदेखि सागको बन्द प्रशिक्षण शुरु

निरन्तर न्यूज
१६ श्रावण २०७६, बिहीबार २२:२८

काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद साग लक्षित बन्द प्रशिक्षण आजदेखि शुरु हुँदैछ ।

मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, ललितपुर र पोखरामा आयोजना हुन लागेको साग खेलका लागि आठौं राष्ट्रिय खेलकुदबाट छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।

बन्द प्रशिक्षणका लागि अहिले नै खेलाडीको एकिन तथ्याङ्क आईनसक्ने तर मोटामोटी १ हजार देखि १५ सय जना खेलाडी प्रशिक्षणमा हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु