पर्यटन मन्त्रीमा योगेश भट्टराई नियुक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अाज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराईलाई नियुक्ति गरेका छन् ।
नव नियुक्त मन्त्री भट्टराईले आजै सपथ ग्रहण गर्ने बताइएकाे छ ।
गत फागुन १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उक्त मन्त्रालय प्रधानमन्त्रीले नै सम्हालेका थिए । यसअघि भट्टराइ मन्त्री बन्रे हल्ला पटक पटक चलेकाे थियाे ।
भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्यसमेत हुन् ।