वन्दमा २ गाडी जलाइयो, ४ स्थानमा भेटिएकाे शंकास्पद वस्तु डिस्पाेज

निरन्तर न्यूज
१५ श्रावण २०७६, बुधबार ०९:०५

हेटौंडा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको वन्दको क्रममा मकवानपुर जिल्लाका विभिन्न २ स्थानमा रहेको सवारी साधनमा आगजनि गरिउको छ । साथै हेटौंडाका विभिन्न ४ स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

वन्दको क्रममा मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ स्थित हुमाने भन्ज्याङमा बा १४ च ८२३४ नम्बरको निजी कार जलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । कार पूर्ण रुपमा जलेको छ ।

यस्तै पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी उपरिक्षक सिंहले बताउनुभयो । ज्यामिरेमा रहेको ट्रकमा अज्ञात समुहले टाढैबाट पेट्रोल वम प्रहारबाट ट्रकमा आंशिक क्षति गराएको प्रहरी उपरिक्षक सिंहले बताउनुभयो ।

यसैगरी बन्दको पूर्व सन्ध्यामा हेटौंडाको चार स्थानमा संकासपद् वस्तु राखिएको छ । बम लेखिएका संकासपद् वस्तु हेटौंडाको पारिजातपथ, थानाभर्याङ, चौकिटोल र हुप्राचौरको क्विक ट्वान्टी पार्टी प्यालेस नजिकैको चोकमा शंकास्पद वस्तु राखिएको प्रहरीले जनाएको छ ।

शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय पारिसकेको प्रहरीले जनाएको छ ।

क्विक ट्वान्टी पार्टी प्यालेस नजिकै राखिएको शंकास्पद वस्तुमा डेटोनेटर सहित भेटिएको र उक्त वस्तु सेनाले निस्क्रिय गरेको सिंहले जानकारी दिनुभयो ।

विप्लव नेतृत्वको नेकपाले आफ्ना नेता तथा कार्यकर्तालाई सरकारले विना कारण पक्राउ गरेको र पछिल्लो समयमा काठमाण्डौँ उपत्यका ब्यूरो इन्चार्ज माईला लामाको पक्राउको विरुद्ध बन्दको आयोजना गरिएको बताइएको छ ।

बन्दको घोषणा गरिएको विप्लव मकवानपुरका सेक्रेटरी अनुरागले निकालेको विज्ञप्तिमा समेत उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*