अब बाल पोषण अनुदान कार्यक्रम देशैभरी

काठमाडौं । सरकारले गरिबीको सुचकाङ्कमा रहेका जिल्लालाई लक्षित गर्दै बाल पोषण अनुदान कार्यक्रम देशैभरी सञ्चालन गर्ने तयारी गरेको छ ।
विपन्न, दलित समुदायका बालबालिकाहरुलाई लक्षित गर्दै सञ्चालन भैरहेको यो कार्यक्रम अबका दिनमा प्रदेश २ र पाँचका जिल्लाहरुमा सञ्चालन गर्ने सरकारको तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिले जुुम्ला, हुुम्ला, मुुगु, कालिकोट, डोल्पा, अछाम, बझाङ, बाजुरा तथा रौतहटमा यो कार्यक्रम चलिरहेको मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकृत दिपक झाले जानकारी दिए । यो कार्यक्रम देशैभरी सञ्चालन गर्ने तयारी भएपनि यसको गृहकार्य भने भैरहेको उनको भनाई छ ।
आफ्नो वडामा गएर बच्चाको जन्मदर्ता र खोप कार्ड देखाएपछि यो सुबिधा पाइन्छ । कार्यक्रम अन्तरगत बालबालिकालाई प्रतिव्यक्ति मासिक चारसय रुपैयाँ वितरण गर्ने गरिएको छ । बालबालिकालाइ अण्डा, फलफूल तथा सागसब्जी खुवाउन सजिलो होस् भनेर सरकारले यो कार्यक्रम ल्याएको हो ।
बालबालिकामा हुने कुपोषणको दर घटाउन यो कार्यक्रम ल्याएको सरकारको भनाई छ ।