बाबुराम भट्टराईले नेकपालाई ‘कम्बल ओढेर घ्यू खाने’ पार्टीकाे संज्ञा दिए
काठमाडौं । समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेकपाप्रति कडा प्रतिक्रिया दिएका छन् ।
नेकपाको केन्द्रीय समिति बैठकले पारित गरेको राजनीति प्रतिवेदनमा नेकपालाई ‘सर्वहारा श्रमिकवर्गको पार्टी’को रुपमा दावी गरिएपछि पूर्व प्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले कडा आलोचना गरेका हुन् ।
‘बरू उसले आफुलाई ‘कम्बल ओढेर घ्यू खाने’ पार्टी भन्नु पर्थ्यो अर्थात् ‘कम्युनिष्ट’ खोल ओढेर कमाउनिष्ट धन्धा गर्ने वा राज्यसत्ताको दोहन गरेर आसेपासे पोस्ने क्रोनी क्यापिटलिस्ट पार्टी,’ उनले लेखेका छन् ।
प्रतिवेदनमा नेकपाले आफूलाई ‘नेपाली जनताको आशा र भरोसाको केन्द्र’ भएको दाबी गरेको छ । ‘नेपाली सर्वहारा श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि’ का रुपमा उसले आफूलाई चित्रित गरेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको छ ।
डा. भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टीबारे भने प्रतिवेदनमा सकरात्मक टिप्पणी गरिएको छ ।
नेकपाको प्रतिवेदन यस्ताे छ
NCP-Political-Report-2076-for-PP