आज कक्षा १२ को परिक्षाको नतिजा सार्वजनिक हुने, यसरी हेर्नुहाेस्
काठमाडाैं । २०७६ बैशाखमा शुरु भएकाे कक्षा १२ को परिक्षाको नतिजा तीन महिनापछि सार्वजनिक गर्ने तयारिमा राष्ट्रिय परीक्षा बोर्ड रहेकाे छ । परिक्षाकाे नतिजा प्रकाशनका लागि राष्ट्रिय परीक्षा बोर्डले आज बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाएकाे बताइएकाे छ ।
आइतबार प्राविधिकसहितको उपस्थितिमा नतिजाको शुद्धता परीक्षण सम्पन्न गरिएको बाेर्डले परीक्षणमा ‘इरर’ नभेटिएपछि सोमबार नतिजा सार्वजनिक गर्ने तयारी भएको हो । बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्ने जनाएकाे छ ।
अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो । यो वर्ष अघिल्लो वर्षभन्दा केही दिनअघि नतिजा सार्वजनिक गर्ने भएको हो ।
यस वर्षकाे कक्षा १२ को परीक्षामा राष्ट्रिय परिक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका ४ लाख २८ हजार ५२ जना परिक्षार्थी सहभागी भएका थिए ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार तपिशलमा उल्लेख गरिए अनुसार नतिजा हेर्न सकिने जनाएकाे छ ।
कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
नतिजा सार्वजनिक भैसकेपछि राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटबाट हेर्न सकिने छ ।
यस्तै नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिन्छ । ।