काँगेसका प्रदेश सांसदले ५ दिनको सुविधा प्रकोप पिडितलाई दिए

निरन्तर न्यूज
१३ श्रावण २०७६, सोमबार ०८:१०

हेटौँडा । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलले केही समय अघि आएको अविरल वर्षाका कारण आएको बाढि पहिरोले क्षति भएका पीडितहरुलाई आर्थिक सहयोग गरेको छ ।

संसदीय दलको निर्णय अनुसार नेपाली कांग्रेस ३ नम्बर प्रदेशका २१ जना सांसदले पीडितहरुका लागि आफ्नो ५ दिनको सेवा सुविधाबापतको १ लाख ६० हजार रुपैँया सहयोग गरेका हुन् ।

उक्त रकमको चेक नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलकी प्रमुख सचेतक राधा घलेले प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेललाई हस्तान्तरण गरेकी छिन् ।

चेक हस्तान्तरण गर्दै उनले सो रकम विपद् प्रभावितहरुको राहतमा सदुपयोग हुने विश्वास समेत व्यक्त गरिन् । त्यस्तै, विपदबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि प्रभावकारी ढंगले काम गर्न प्रदेश सरकारलाई कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले ज्ञापनपत्र समेत बुझाएको छ ।

बाढि, पहिरो र डुवानका मृतक परिवारलाई ३ लाख रुपैँया र भौतिक संरचना पूर्ण एवं आंशिक क्षति भएका परिवारलाई तत्काल एक लाख रुपैँया राहत उपलव्ध गराउन समेत केहि दिन अघि विज्ञप्ती मार्फत माग गरेको थियो । कांग्रेसले विपद्बाट प्रभावितहरुलाई आश्रयस्थल, खाना र लत्ताकपडाको साथै उपचारको व्यवस्था गर्न समेत माग गरेको विज्ञप्तीमा उल्लेख गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*