मकवानपुरे साहित्यकार तिम्सिनाको निधन

निरन्तर न्यूज
१३ श्रावण २०७६, सोमबार ०७:४७

हेटौंडा । मकवानपुरको साहित्यिक क्षेत्रमा योगदान गरिरहेको संस्था आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिम्सिनाको निधन भएको छ ।

उहाँको निधनसँगै मकवानपुरको साहित्य क्षेत्रमा अपूरणीय क्षती पुगेको छ ।

४४ वर्षिया तिम्सिनाको चितवनमा उपचारको क्रममा गएराति निधन भएको हो । पेट दुखेका कारण हेटौंडाको चुरेहिल अस्पतालमा उपचारका लागि सनिवार लगिएको थियो । त्यहाँ सामान्य उपचारपछी भरतपुरमा उपचारको क्रममा मृत्यु भएको साहित्य संगम मकवानपुरका सचिव डी.बी बर्तौलाले बताउनुभयो ।

केही दिन अघि घरको बाथरुममा लडेर समान्य घाईते हुनुभएकी अप्सरालाई ज्वरो आउने, पेट दुख्ने समस्या भएपछि उपचारको लागि अस्पताल लगिएको थियो ।

साहित्य संगम मकवानपुरको पूर्ब उपाध्यक्ष समेत रहनुभएको कथा तथा कविता संग्रह गरि दुईवटा पुस्तक समेत प्रकाशित गर्नुभएकि तिम्सिनाको अप्रत्यासित निधनले मकवानपुरे साहित्य क्षेत्रमा ठुलो क्षति पुगेको सचिव बर्तौलाको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*