समाजवादी पार्टीले गर्याे कार्यविभाजन, काे काे कुन कुन जिम्मेवारीमा ?
काठमाण्डाैँ । समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य कारिणी समितिको पूर्ण बैठकले पार्टीमा नयाँ कार्यविभाजन गरेको छ । शनिबार बसेको बैठकले प्रादेशिक संगठनहरु समायोजन र कार्य विभाजनका विषयमा विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले पार्टीको केन्द्रीय कार्याकारिणी समितिको सचिवमा भक्त बहादुर शाहलाई मनोनयन गरेको छ । जाजरकोट घर भएका शाह माओवादी पृष्ठभूमिका पुराना नेता हुन् । बैठकले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक साउन २२ गते बोलाएको पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार बैठकले प्रदेश समितिहरु समायोजन गर्नका लागि बनेको कार्यदलहरुले हालसम्म समायोजन सम्पन्न गरिसकेको गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. २, तथा प्रदेश नं. ५ को सांगठनिक समायोजनलाई अनुमोदन गरेको जानकारी दिए । बाँकी रहेको प्रदेश नं. १ र ३ तथा विभिन्न जनसंगठनहरुको पनि आगामि बैठक अगाडि नै समायोजन सम्पन्न गर्नका लागि सम्बन्धित कार्यदलहरुलाई बैठकले निर्देश गरेको अधिकारीले बताए ।
बैठकले विभिन्न समिति, विभाग एवं जनसंगठनहरुको प्रमुख तथा इन्चार्जहरु तोकेको छ ।
अनुशासन समिति प्रमुख – महेन्द्र श्रेष्ठ
लेखा समिति प्रमुख – अमरेशनारायण झा
निर्वाचन समिति प्रमुख – डा. शिवजी यादव
पार्टी स्कुल तथा प्रशिक्षण विभाग इन्चार्ज – हेमराज राई, सहइन्चार्ज, डमरु बल्लब खतिवडा
राज्य व्यवस्था विभाग प्रमुख – डा. उमाशंकर प्रसाद साह
संघीय मामिला तथा समावेशी विभाग प्रमुख – डा. गणेश योञ्जन
स्थानीय तह परिचालन विभाग प्रमुख – हरिनारायण यादव
प्राकृतिक श्रोत व्यवस्थापन विभाग प्रमुख – दुर्गामणी देवान
कृषि तथा भूमि व्यवस्था विभाग प्रमुख – मदन राई
शिक्षा तथा विज्ञान प्रविधि विभाग प्रमुख – डा. राजेन्द्र केसी
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख – डा. महेशमान श्रेष्ठ
श्रम तथा रोजगार विभाग प्रमुख – प्रेम नारायण थापा
सुरक्षा विभाग प्रमुख – नारायण राज पाण्डे
मानव अधिकार तथा सामाजिक सेवा विभाग प्रमुख – सुशिला श्रेष्ठ
किसान इन्चार्ज – टिकाराम पौडेल
युवा इन्चार्ज – देवी प्रसाद सुवेदी
महिला इन्चार्ज – दुर्गा सोव
वौद्धिक पेशाकर्मी इन्चार्ज – नहेन्द्र प्रधान, सहईन्चार्ज पूर्णबहादुर बस्नेत
शिल्पी महासंघ इन्चार्ज – डीबी नेपाली
खेलकुद महासंघ इन्चार्ज – विरेन्द्र प्रधान
सुकुम्बासी इन्चार्ज – दिपक मियाङवो
यौनिक तथा अल्पसंख्यक इन्चार्ज – पिंकी गुरुङ
मुस्लिम संघ इन्चार्ज – ईस्लाम हवाडी