कांग्रेस केन्द्रीय सदस्यहरुले महाधिवेशनको मिति तय गर्न नेतृत्वलाई दबाब

निरन्तर न्यूज
१२ श्रावण २०७६, आईतवार १९:४६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले महाधिवेशनको मिति तय गर्न नेतृत्वलाई दबाब दिएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औँ महाधिवेशनको मिति तत्काल निर्धारण गर्न नेतृत्वमाथि दबाब दिएका हुन् ।

हाल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । बैठकमा पार्टीको महाधिवेशनले प्राथमिकता पाएको छ । बैठकमा बोल्ने केही सदस्यहरुले तत्कालका लागि विधानको संक्रमणकालीन व्यवस्था अनुसारको संरचना बनाउने र केही समयपछि महाधिवेशन गर्ने विषयमा धारणा राखेका छन् ।

तर केही सदस्यले भने महाधिवेशन समयमै गर्नुपर्ने तर्क अघि सारेका छन् । विधानलाई निलम्बित गर्न नहुने र महाधिवेशनको समय निर्धारण गरी अघि बढ्नुपर्ने उनीहरुको धारणा छ।

असार २२ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा १४ वटा एजेण्डा पेश भएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु