सलमान खानले प्रेमिकालाई ‘डायमन्ड रिङ’ दिएपछि ….

मुम्बई । आफ्नी प्रेमिका लुलिया वन्तुरलाई उनको जन्मदिनको अवसरमा बलिउड अभिनेता सलमान खानले ‘डायमन्ड रिङ’ उपहार दिएपछि सिनेनगरि मुम्बइमा गसिफ शुरू भएकाे छ ।
जुलाइ २४ मा मनाइएको लुलियाको जन्मदिनको अवसरमा सलमानलाई गहना उपहार दिन उनकै आमाले सुझाव दिएकी थिइन् । ३९ वर्षीया गायिका लुलिया रोमानियाकी नागरिक हुन् ।
सलमानले ‘बर्थडे गिफ्ट’को रुपमा हिराको औँठी उपहार दिएको कुरालाई बलिउडमा गस्सिप बनाइएको छ । भारतीय सन्चार माध्यमका अनुसार सलमान पछिल्लो केही वर्षयता लुलियासँग प्रेममा छन् । रोमानियन ‘टेलिभिजन शो’को होस्ट रहेकी लुलियाले केही वर्षयता बलिउडमा पनि काम गर्दैआएकी र ‘रेस ३’ लगायत फिल्ममा समेत गीत गाइसकेकी छन् । एजेन्सी