पारसकाे कमब्याकमा पहिलो फिल्डिङमा कुवेतविरुद्ध नेपाल

काठमाण्डाैँ । सिगापुरमा जारी आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनाैट अन्तर्गतकाे नेपालले कुवेतविरुद्ध पहिला फिल्डिङ राजेकाे छ ।
आफ्नो तेस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालका लागि पछिल्लो खेलमा चोटका कारण गुमाएका कप्तान पारस खड्का टोलीमा फर्किएका छन् । पारसले ढाडको समस्याको कारण मलेसियासँगको खेल पुरै गुमाउँदै कतारसँग दोस्रो इनिङमा मैदाननै आएका थिएनन् ।
मलेसियासँगको खेलबाट नेपालले १ खेलाडी परिवर्तन गरेको छ । कप्तान पारसले कमब्याक गर्दा प्रदीप ऐरी टोलीबाट बाहिरिएका छन् ।
तुलानात्मक रुपमा प्रतियोगिताको कमजोर मानिएको कुवेतले शुक्रबार कतारसँग उत्कृष्ट प्रर्दशन गर्दै सवैलाई आश्चर्य पारेको छ ।
कुवेत ३ खेलमा समान १ मा जित र हारका साथ ३ अंक जोड्दै दोस्रो स्थानमा छ । एक खेल वर्षाको कारण रद्द भएको थियो । कुवेत पहिलो खेलमा मलेसियासँग ४२ रनले पराजित हुँदा सिंगापुरसँग वर्षाको कारण अंक बाड्नु परेको थियो ।
नेपाल २ खेलमा समान १ मा जित र हारका साथ तेस्रो स्थानमा छ । नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो । नेपालले कुवेतसँगै आईतबार सिंगापुरलाई हराउन सके सोझैं ग्लोबल छनोटमा पुग्ने छ । नेपाललाई अघिल्लो चरणको यात्रा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ
मैदानमा उत्रेका नेपालकाे प्लेइङ ११ काे सेट
१। पारस खड्का (कप्तान)
२। ज्ञानेन्द्र मल्ल
३। शरद भेषावकर
४। वसन्त रेग्मी
५। सोमपाल कामी
६। अभिनास बोहोरा
७। सन्दीप लामिछाने
८। दीपेन्द्रसिंह ऐरी
९। विनोद भण्डारी
१०। करण केसी
११। रोहितकुमार पौडेल