क्लिन फिड एक वर्षभित्र लागू गराइने

निरन्तर न्यूज
१० श्रावण २०७६, शुक्रबार २१:१८

काठमाडौं, १० साउन । विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उल्लेख भएको क्लिन फिड अर्थात् विज्ञापनरहित विदेशी च्यानलसम्बन्धी व्यवस्था यसै वर्षदेखि लागू हुने भएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा विधेयकमाथि भएको दफावार छलफलपछि क्लिन फिड यसै वर्षदेखि लागू हुने व्यवस्था पारित भएको हो।

शुक्रबार बसेको समितिको बैठकले विज्ञापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ६ लाई सर्वसहमतिले पारित गरेसँगै विदेशी विज्ञापनलाई स्वदेशी करण गरेर प्रशारण गर्नुपर्ने हुन्छ ।

विज्ञापनसम्बन्धी विधेयकमा क्लिन फिड लागू नगर्ने केवल टेलिभिजन सेवा प्रदायक, टेलिभिजन वा व्यक्तिलाई पाँच लाखसम्म जरिवान हुने व्यवस्था गरिएको छ ।

पुराना सेवा प्रदायक संस्थाले क्लिन फिडमा जानको लागि ऐन कार्यान्वयनमा आएको एक वर्ष समय पाउनेछन् भन‍े नयाँ सेवा प्रदायकले ऐन लागु हुनेबित्तिकै क्लिन फिडमा जानु पर्नेछ। पुराना सेवा प्रदायकले विदेशी च्यानलसगँ जति वर्षको सम्झौता भए पनि एक वर्ष भित्र क्लिन फिडमा जानु पर्नेछ। सम्झौता बीचमा नवीकरण गर्नु पर्ने भए स्वत: क्लिन फिडमा जानु पर्नेछ।

अव यो विधेयक प्रतिनिधि सभाबाट पास भएपछि त्यहाँबाट पास भएपछि मात्र यसले कानुनी हैसियत पाउनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*