प्रकोपमा परि ज्यान गुमाउनेको परिवारलाई ३ लाख देऊ : काँग्रेस
१० साउन, हेटाैँडा । नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलले केहि समय अघि अविरल वर्षाकाे कारण आएकाे बाढि, पहिरो तथा डुवानमा परि ज्यान गुमाउनेको परिवारलाई कम्तिमा ३ लाख रुपैया उपलब्ध गराउन तीन नम्बर प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदिय दलका नेता ईन्द्रबहादुर बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तीमा प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको परिवारलाई प्रदेश सरकारले तत्काल १ लाख दिने निर्णय गरेकोमा उक्त रकम अत्यन्तै न्यून हुने भएकोले कम्तिमा प्रति परिवार ३ लाख रुपैँया उपलब्ध गराउन समेत आग्रह गरेको छ ।
प्राकृतिक प्रकोपका कारण क्षति पुगेका परिवारलाई प्रदेश सरकारले सुरक्षित आश्रयस्थल, खाना, लत्ताकपडा तथा राहतस्वरुप १ लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने नेता बाँनीयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुको तर्फबाट प्राकृतिक प्रकोपको कारण समस्यामा परेकाहरुलाई ५ दिनको सुविधा बापतको रकम सहयोग गर्ने निर्णय भएको उल्लेख छ । नेता बानियाँले प्रकोपका कारण समस्यामा परेकाहरुको उद्दार र सहयोगमा जुट्न सबैलाई अपिल समेत गरेका छन्, विज्ञप्तीमा भनिएको छ ।