समावेशी आयोगका अध्यक्ष डाक्टर सुवेदीद्वारा पदबाट राजीनामा
निरन्तर न्यूज
१० श्रावण २०७६, शुक्रबार १८:०४
काठमाडौं । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डाक्टर शान्तराज सुवेदीले पदबाट राजीनामा दिएका छन् । अर्थविदका रूपमा परिचित उनले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पदबाट राजीनामा बुझाएका हुन् ।
गत चैत्र ७ मा मात्र आयोगको अध्यक्षमा नियुक्त भएका उनले साउन १२ गतेदेखि लागू हुने गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता झविन्द्र पराजुलीले जनाएका छन् ।