हेटाैँडाका वकिलहरूलाई पाखा लगाउँदै मुख्य न्यायाधिवक्तामा काठमाण्डौंका थपलिया सिफारिस
हेटौंडा । हेटाैँडाका वकिलहरूलाइ पाखा लगाउँदै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य न्यायाधिवक्तामा काठमाण्डौं कलंकी निवासी ओम प्रसाद थपलियालाइ सिफारिस गर्नुभएकाे छ ।
तत्कालिन मुख्यन्यायधिबक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजिनामा दिएपछी उक्त पद रिक्त रहेकाे थियो ।
बिहीबार मुख्यन्यायधिबक्तामा सिफारिस हुनुभएका थपलीयालाई यही साउन १२ गते प्रदेश प्रमुख कार्यालयमा सपथ खुवाउने कार्यतालिका तय भएको बताइएकाे छ । प्रदेशको मुख्यन्यायधिबक्तामा सिफारिस गरिएपनि बाहिर औपचारिक रुपमा भने मुख्यमन्त्री कार्यालयले जानकारी गराएको छैन । मुख्य न्यायाधिबक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संबैधानिक व्यवस्था रहेकाे छ ।
केही समय अघिदेखि रिक्त रहेकाे मुख्य न्यायाधिवक्ताकाे दाैडधुपमा हेटाैँडाका वकिलहरूकाे दाबी रहेकाे थियाे ।यस क्रममा मुख्य न्यायाधिवक्ताकाे पद पाउन हेटाैँडाका केही कानुन व्यवसायीहरू जिल्लादेखि केन्द्रसम्मका नेताहरूकाे धाइरहेका थिए ।
पछिल्लाे समयमा तत्कालिन मुख्य न्यायाधिवक्तासँग मुख्यमन्त्रीकाे अनेक टिका टिप्पणीमा मुख्य मन्त्रीकाे नाम जाेडेर दाेहाेराे टकराव भनेर बजार हल्ला चलेकाे थियाे । साेही कारण मुख्यमन्त्रीले गृहजिल्ला भन्दा बाहिरका व्यक्ति छानेकाे श्राेतले बताएकाे छ ।