अभिनेत्री साम्राज्ञी इन्डाेनेसियामा विदा मनाउँदै

निरन्तर न्यूज
९ श्रावण २०७६, बिहीबार २१:१०

काठमाण्डाैँ ।  नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला आफ्नो विदाको समय बिताइरहेकी छिन् । उनले यो समयमा खुलेर रोमान्स गरिरहेकी छिन् । उनको रोमान्समा ब्यायफ्रेन्ड देवांश राणाले साथ दिइरहेका छन् । हालै इन्डोनेसियाको बालीमा आफ्ना ब्याइफ्रेन्डसँग रमाउन पुगेकी साम्राज्ञीका केही तस्वीर बाहिरिए, जुन तस्वीरले उनलाई विवादको शिखरमा पुर्यायो ।

केही दिनदेखि लगातार भइरहेको आफ्नो आलोचनाको बिषयमा अभिनेत्री साम्राज्ञीले मुख खोलेकी छन् । उनले सामाजिक सञ्जाल स्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते घुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन् ।

उनले घुमाउरो पारामा आफुलाई आलोचना गर्ने माथि ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भन्न खोजेकी हुन् । ‘मारुनी’ र ‘रातोटिका निधारमा’ लगातार छायाँकन सकाइएकी साम्राज्ञी सुटिङको ह्याङ उतार्न केही दिन समयअगाडि बाली पुगेकी थिइन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*