बैतडीका बाशुदेब जाेशीलाई तिसहजार सहयाेग

निरन्तर न्यूज
९ श्रावण २०७६, बिहीबार १४:००

काठमाण्डाैँ । आर्थिक अभावमा उपचार गर्न नसकेर ओछ्यानमा थल्लिएका बैतडीका बाशुदेब जाेशीको उपचारको लागि रकम जु्ट्ने क्रम जारी छ ।

सहयोगी समाज नेपालकाे तर्फबाट समाजका अध्यक्ष कृष्ण ज्ञवालीले ट्राफिक कार्यालय कलङ्कीमा हस्तान्तरण गरेको नगद ३० हजार रुपैया  ट्राफिक प्रहरी कलंकीका प्रमुख प्रहरी निरीक्षक  केशब राज भट्टले बाशुदेब जोशी बचाउ अभियान का संयोजक श्री यज्ञराज भट्टलाई हस्तान्तरण गर्नुभएकाे छ ।

सहयाेग गर्ने प्रति आभार प्रकट गर्दै  भट्ट बचाउ अभियानले सबैमा सहयाेगकाे लागि अनुराेध गरेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु