छवि र शिल्पा विरुद्ध बहुविवाहको उजुरीमा पक्राउ पुर्जी

काठमाडौ । निर्माता छविराज ओझा र नायिकf शिल्पा पोखरेलविरुद्ध बहुबिबाह गरेको उजुरीमा पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको काठमाडौं प्रहरी परिसर टेकुका प्रहरी नायब उपरिक्षक होविन्द्र बोगटीले बताए । अहिले दुवैलाई प्रहरीले खोजी गरी रहेको बोगटीले बताए ।
नयाँ कानुनले बहुविवाह अपराध गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्मको जेल सजाय तोक्न सकिने प्रावधान राखेको छ। हालको कानुनले पनि बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागरिका लागि अयोग्य हुने स्पष्ट पारेको छ।