छवि र शिल्पालाई पाँच बर्ष जेल हुन सक्ने ?

काठमाडौँ- नायिका शिल्पा पोखरेल र छवि ओझा बीच भएको घर झगडाले अर्को रुप लिएको छ । केहि हप्ता अगाडी घरेलु हिंसा भएको भन्दै शिल्पाले श्रीमान् ओझाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुमा आफ्नो शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएकी थिइन् ।
उजुरी पछि प्रहरी परिसरले दुबैलाई बोलाएर झगडा नगर्ने गरि सहमति पत्रमा हस्ताक्षर गराएको थियो । तर झगडा सान्त हुने नामो निसान थिएन। झगडाले मिडियामा निकै स्पेस पनि लियो ।
छाविकी जेठी श्रीमती हेमा ओझाले श्रीमान ओझा र सौता पोखरेले बिरुद्ध आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको मुद्धा दायर गरीसकेकी छिन । अधिकवत्ता स्वागत नेपाललाई लिएर हेमाले छवि र शिल्पा विरुद्ध बहुविवाहको मुद्धा दायर गरेकी हुन् ।
छविले शिल्पा संग विवाह गरेको प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पा बिरुद्ध बहुविवाहको मुद्धा हालेको हेमाले निवेदनमा खुलाएकी छिन् ।