नायिका सुष्मा कार्की बिकिनि अवतारमा

काठमाण्डौँ । नेपाली चलचित्र क्षेत्रका कलाकारहरु कहि न कहि कुनै न कुनै कारणले चर्चामा आइरहेका हुन्छन् । पछिल्लो समय विकिनि सहितको फोटो बाहिर आएपछि सुष्मा कार्की चर्चामा आएकि छिन् ।
नेपाली नायिका सुष्मा कार्कीको व्यस्तता लचित्रमा कम र विदेश कार्यक्रममा बढी जाने गरेको देखिएको छ।
चलचित्र क्षेत्रमा राम्रै संभावना हुँदा हुँदै पनि सुष्माले गतिलो चलचित्र छानिन । सुष्माका केही चलचित्र रिलिजको क्रममा छन् । त्यो बाहेक उनको हातमा नयाँ चलचित्र छैन ।
सुष्मा गर्मी लागेसँगै स्विमिङ पूलमा रमाउछिन् । केही समय अगाडि उनी हायात होटलमा रातो विकिनीमा देखिएकी थिइन् । यसपटक, उनी होटल हिमालयमा स्विमिङ पहिरनमा हट देखिएकी छिन् । सुष्मा स्विमिङ पूलमा विन्दास देखिएकी छिन् । हुनत, सुष्मा कुनै समय हट आइटम नृत्यका कारण खुबै चर्चामा रहन्थिन् ।
उनको, हट छवि चलचित्रमा गरेको आइटम गरेका कारणले पनि बनेको हो । सार्वजनिक कार्यक्रममा पनि उनी हट पहिरन लगाउन पछि पर्दिनन् । धेरै जसो चलचित्रमा उनी हट देखिने गर्छिन्।